बुटवलको हिलपार्क अब ‘बिगबुद्ध पार्क’ बन्ने, जन्मस्थल लुम्बिनीबाट हिलपार्कको बिगबुद्ध देख्न सकिने – Janata Live
  • Wednesday, December 1, 2021

बुटवलको हिलपार्क अब ‘बिगबुद्ध पार्क’ बन्ने, जन्मस्थल लुम्बिनीबाट हिलपार्कको बिगबुद्ध देख्न सकिने

  • जनता लाइभ
  • असार ३०, २०७८

बुटवलको हिलपार्क अब ‘बिगबुद्ध पार्क’ बन्ने, जन्मस्थल लुम्बिनीबाट हिलपार्कको बिगबुद्ध देख्न सकिने

बुटवल– चार वर्ष अगाडि चुनावी घोषणापत्रमा सपनाकारुपमा आएको बुटवल हिलपार्कमा बिग बुद्धको प्रतिमा स्थापनागर्ने प्रतिबद्धताले निर्वाचन सम्पन्न भएको चार वर्ष पछि गति पाएको छ । स्थानिय तहको निर्वाचनमा एमाले घोषणापत्रमा समेटिएको बिगबुद्धको प्रतिबद्धतालाई बुटवल उपमहानगरपालिकाले अगाडि बढाएपछि प्रतिबद्धता अनुसारको हिलपार्कमा बिगबुद्ध पार्क निर्माणको कामले गति लिएको हो । बुटवल र यसआसपासका सर्वसाधारणका लागि हिल स्टेशनका रुपमा रहेको हिलपार्कलाई विस्तार गर्दै अब बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहित बिगबुद्ध पार्क बन्ने निश्चित भएको छ ।

बुटवल उपमहानगरको पूर्वी तथा उत्तर पहाडी भागको थुम्कोलाई लुम्बिनी परिपथसंग जोडिने गरि बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बिगबुद्धपार्क निमार्ण गर्ने योजना अगाडि बढेको बुटवल उपमहानगर ले जनाएको छ । बिगबुद्धपार्कको गुरु योजनालाई साकार पार्ने क्रममा उपनगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरि क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना समेत जारी गरिसकेको छ । उपमहानगरका अनुसार माटो परीक्षण सहित डीपीआरलगायतका आवश्यक काम यसअघि नै पूरा भइसकेका छन् । कोभिड महामारीका कारण ढिलागरेर अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको काम अगाडि बढेको छ । यो संगै बुटवलको बुद्धकालीन सभ्यताको पहिचान बढाउने ड्रिम प्रोजेक्टको निर्माणकार्यले गति लिएको छ ।

बुटवल उपमहानगरको पहिलो नगरसभाले बनाएको पाँच बर्षे आवधिक योजनामा हिलपार्कमा बुद्धप्रतिमा ध्यान केन्द्रसहितको पार्क निर्माण गर्ने योजनालाई पनि समावेश गरिएको थियो ।

योजनाअनुरुप ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले योजनाको पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको थियो । डीपीआरलाई नगरसभाले स्वीकृत गरिसकेको पनि उपमहानगरले जनाएको छ ।

अहिले इआइएका लागि आवश्यक प्रक्रिया अगाडि बढेको हिलपार्कमा बौद्ध दर्शनका विज्ञ डा.विजयराज बज्राचार्य र देश विदेशमा बुद्धका प्रतिमा र अन्य विभूतिहरुकासमेत मुर्ति बनाएर ख्याती कमाएका मुर्तीकार राजकुमार शाक्यको राय तथा सल्लाहमा बौद्ध मान्यताअनुसारको प्रतिमा निर्माण गर्ने तयारी समेत थालिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुबेदीले जानकारी दिएका छन् । पुरातात्विक महत्व र गरिमालाई कायम गर्न बुद्धका प्रतिमा कहीँ पनि आफुखुशी निर्माण गर्न र राख्न नपाईने परम्परा र नियम रहेको विषयलाई ध्यानमा राखी बौद्ध मान्यता अनुसारका सबै प्रक्रिया पूरा प्रतिमा तयार गरिन थालिएको नगर प्रमुख सुबेदीले बताए ।

परामर्शदाताले आयोजनाका दुई विकल्पसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लिएर उपमहानगरका प्रमुख सुवेदी अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीसमक्ष पुगेका थिए । अर्थमन्त्रालयका प्रतिनिधि तथा केही विज्ञहरुसमेतले प्रस्तावित आयोजनाको डीपीआरलाई उपयुक्त रहेको निष्कर्ष निकालेपछि संघीय सरकारको लगानीको वातावरण खुलेको थियो । अर्थमन्त्री पौडेलले बिगबुद्ध पार्कको प्रस्तावमा चासो देखाएपछि आफुहरुको एउटा अर्को ‘ड्रिम प्रोजेक्ट’ सफल हुने चरणमा प्रवेश गरेको प्रमुख सुवेदीले बताए । सो परियोजनामा प्रदेश सरकारको पनि लगानी सुनिश्चित भएको सुबेदीले दाबी गरे ।

नगर प्रमुख सुबेदीका अनुसार संघीय र प्रदेश सरकारको लगानीको स्रोत सुनिश्चितता भने ईआईए सकिएपछि हुनेछ । ईआईएका लागि उपमहानगरपालिकाले परामर्शदाता ह्यान्ड्स फर ग्रीनरी कन्जरभेसन प्रालि काठमाडौंलाई जिम्मेवारी दिएको छ । यो संस्थाले आगामी असोज १५ गतेसम्मको म्याद पाएको छ । इआइएका लागि बुटवलमा आएका कम्पनीका ईआईए एक्सपर्ट लिलाराज पौडेलले समयसीमा भित्रै इआईएको काम सक्ने लक्ष्यसहित आफूहरु ‘फिल्ड’मा खटिइरहेको बताए ।

ईआईए प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरेसँगै जग्गा प्राप्ती र स्रोत सुनिश्चितताका कामहरु हुने नगरप्रमुख सुवेदीको भनाई छ । पार्क निर्माणस्थल चुरे क्षेत्रमा पर्ने भएकाले जग्गा प्राप्तीका लागि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र वन मन्त्रालयबाट स्वीकृति पाउन पर्ने हुन्छ । यसका लागि पनि आवश्यक प्रक्रिया अगाडि बढिसकेको सुबेदीले बताए ।

बुद्धावलीको पहिचान :

बुटवललाई बुद्धावलीको ऐतिहासिक क्षेत्र मानिन्छ । बुद्धावलीको पहिचान बढाउने प्रयास स्वरुप हिलपार्कमा विग बुद्धपार्क बनाउन लागिएको बुटवल उपमहानगरले जनाएको छ ।

बुद्ध र लुम्बिनी पर्यटकीय हिसाबले ‘क्यास’ गर्न सकिने, पर्यटन उद्योगको केन्द्र र ऐतिहासिक पुँजी भएको र बुटवलको ऐतिहासिकता लुम्बिनीसँग सिधा जोडिएकाले बिगबुद्ध पार्क योजना प्रस्ताव गरिएको नगरप्रमुख सुवेदीको भनाई छ ।

यस्तो बन्नेछ बुद्ध पार्क

विस्तृत परियोजना प्रतिवेदनका अनुसार बुटवलबाट ४२ किलोमिटर दक्षिण–पश्चिममा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाटै देखिने गरी हिलपार्कमा बुद्ध प्रतिमासहितको पार्क बनाउने योजना बनाइएको छ । प्रतिवेदनका अनुसार पार्क चार वटा ब्लकमा निर्माण गरिने छ । पहिलो ब्लकमा बुद्धप्रतिमा बन्ने र त्यो आकर्षक हुने उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए । बिगबुद्ध पार्क निर्माणमा इन्जिनियर श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियारसहितको टोलीले आयोजना स्थलको प्राविधिक निगरानी गर्नेछन् ।

करिब आठ मिटरको गोलाकार आधार संरचनामाथि ३५ मिटर उचाईको शाक्यमुनी बुद्धको प्रतिमा बनाईने छ । बुद्ध अर्धकमलमाथि भूस्पर्श मुद्रामा बसिरहेका देखिनेछन् । बुद्धप्रतिमाको सतह तीन मिलिमिटर मोटाइ रहेको तामाले बनाइने छ । अनुहारमा सुनको जलप लगाइने छ । बाँकी शरिरमा सुनौलो ‘इपोक्सी’ अर्थात् नखुइलिने रंग लगाइने छ । सुनौलो रङमा पोतिएका शान्त मुद्राका बुद्ध करिब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको मायादेवी मन्दिरतर्फ फर्किएर घोत्लिइरहेका हुनेछन् ।

९५ करोड बढी लगानी हुनेछ बिगबुद्धपार्कमा :

प्रतिवेदन अनुसार बुद्धमुर्तिको अनुमानित लागत ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ रुपैयाँ छ ।

पार्कको दोस्रो ब्लकमा तीन तले ‘मंक रेसिडेन्स’ अर्थात् भिक्षुगृह बनाइने छ । यसको अनुमानित लागत तीन करोड ६७ लाख ३४ हजार आठ सय सात रुपैयाँ रहेको छ ।

पार्कको तेस्रो ब्लकमा एक तले क्याफेटेरिया र चौंथोमा एक तले शौचालय बनाइने छ । यी दुई संरचनाको अनुमानित लागत क्रमशः ६७ लाख १४ हजार ६ सय ४३ रुपैयाँ र ३२ लाख ५८ हजार एक सय ८८ रुपैयाँ रहेको छ ।

यीबाहेक पार्कमा टेलिकम्युनिकेशन, सरसफाई तथा ढल प्रणाली, पानी आपूर्तिलगायतका संरचना बन्नेछन्, जसको अनुमानित खर्च चार करोड ८९ लाख एक हजार तीन सय ४७ रुपैयाँ रहेको छ । बुद्धपार्कको निर्माण सम्पन्न भएपछि दैनिक नियमित रुपमा हुने पुजाआजा, ध्यान तथा मेडिटेशनको साथै अवलोकनका लागि आउने आगन्तुकहरुसमेत गरी दैनिक रुपमा करिब तीन हजार भन्दा धेरै मानिसहरुको आवतजावत हुने उपमहानगरको आंकलन छ ।खबरकुराबाट

Loading...
Loading...
Loading...

धर्म परिवर्तन गराएको अभियोगमा पास्चरलाई दुई वर्ष कैद सजाय

धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपाईको एकल...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल, वि.सं. २०७८ साल मंसिर १५ गते बुधवार || बुधवार श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष...

बुधबार चम्किँदैछ यी ८ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । जग्गा जमिनको...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफन्त र मित्र वर्गको सहयोग पाइने नै छ । बन्द व्यापार...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल, वि.सं. २०७८ मंसिर १४ गते मङ्गलवार || मंगलवार श्री गणेशकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे,...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ मंसिर १३ गते सोमवार || सोमवार भगवान शिवकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु,...

आज सोमबार, राम्रो छ यी ६ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोबारमा...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल, वि.सं. २०७८ साल मंसिर १२ गते आइतवार || शुक्रवार श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष...