जीवनलाई सार्थक बनाउन सहयोग गर्ने बुद्धका यी ८ वाणी – Janata Live
  • Sunday, June 26, 2022

जीवनलाई सार्थक बनाउन सहयोग गर्ने बुद्धका यी ८ वाणी

  • जनता लाइभ
  • असार ११, २०७८

जीवनलाई सार्थक बनाउन सहयोग गर्ने बुद्धका यी ८ वाणी

काठमाडौं– मानव जीवनलाई पूर्ण, सार्थक र सरल बनाउनका लागि गौतम बुद्धका वाणी निकै सहयोगी मानिन्छन् । सयौं वर्ष पहिला बुद्धले भनेको वाणीहरु ऋझैं पनि उत्तिकै सान्दर्भिक छन् ।

यस्ता केही भनाइमध्ये तलका भनाइलाई व्यवहारमा लागू गर्ने हो भने मात्रै पनि हाम्रो जीवनमा बहार आउने कुरामा कुनै शंका छैन् ।

१. जीवनको अन्त्यमा ३ वटा कुरामात्रै महत्वपूर्ण हुन्छन् । पहिलो, तपाईंले अरुलाई कति माया गर्नु भयो भन्ने हो । दोस्रो, तपाईंले आफ्नो जीवन कति सरल र भद्र तरिकाले बिताउनु भयो भन्ने हो । तेस्रो, आफूसँग सरोकार नराख्ने कुराबाट कति मुक्त हुनुभयो भन्ने हो ।

२. खराव वा नकरात्मक मानिसबाट टाढा रहनु भयो भने तपाईंको जीवनमा शान्ति आउँछ ।

३. स्वास्थ्य नै सबैभन्दा ठूलो उपहार हो । सन्तुष्टि नै सबैभन्दा ठूलो धन हो । विश्वासिलो साथी नै सबैभन्दा उत्तम नातेदार हुन् । दिमागलाई स्वतन्त्र राख्न सक्नु भयो भने स्वर्गीय आनन्द प्राप्त हुन्छ ।

४. प्रतिक्रिया दिन सिक्नु भन्दा उत्तरदायी हुन सिक्नुहोस् ।

५. तपाइँले आफूलाई माया गर्न सक्नु भएन भने अरुप्रति तपाइँले देखाउने करुणा अपूर्ण हुन्छ ।

६. सबै कुराको अन्त्य र शुरु हुन्छ । यो सत्यलाई बुझ्नु भयो जीवन सार्थक र सरल बन्छ ।

७. खतरनाक शत्रुलेभन्दा आफूभित्रको खराब विचारले तपाइँलार्य बढी हानी पु-याउँछ ।

८. सांसारिक मोह वा आशक्तिका कारण नै मानिस दुखी हुने गर्छ । –एजेन्सी

Loading...
Loading...
Loading...