बुद्धका यी वचन जसले अध्याँरो जीवनमा डुब्नबाट तपाइँलाई जोगाउँछ

१. कामको परिणामले अनिवार्य रुपमा त्यस्तै प्रकारले पिछा गर्दछ, जसरी रातले दिनको पिछा गर्दछ ।गौतम बुद्ध
२. जीव हिंसाबाट विरक्त हुनु, चोरीबाट टाढा हुनु, मिथ्याबाट टाढा हुनु, यसलाई नै पवित्रता भनिन्छ ।
३. पतीत दुई किसिमका हुन्छन्, मापदण्ड भएका पतित र मापदण्ड नभएका पतित । मादण्ड नभएका पतीतहरुले आफू पतीत भएको थाहा पाउँदैनन् र सधैं पतीत भएर रहन्छन् । मापदण्ड भएका पतितहरु पतीत अवस्थाबाट माथि उठने कोसिस गर्दछन् किनकी उसलाई पतीत भएको द्दान हुन्छ ।
४.तिमी मेरो कुरा परीक्षण गरेर मात्र स्वीकार गर । गौतम बुद्ध
५. असल हृदय भएकालाई अलिकति व्यापक परिश्रम पनि कल्याणकारी नै हुन्छ ।
६. दयाको पात्र त्यही व्यक्ति हुन्छ, जो विशाल धनराशीबीच डुबेर पनि तृष्णामा बसिभूत हुन्छ ।
७. आफ्नो दुःख नातागोताहरुप्रति निर्दयी नबन्नु, सबैप्रति दया हुनु नै धर्म हो । गौतम बुद्ध
८. दानको अर्थ हो सटटामा कुनै पनि किसिमको स्वार्थपूर्ण आशा नगरिकन अर्काको भलाइको निमित्त आफनो सम्पत्तिको मात्र होइन, आफ्नो रगत, शरीरका अंगहरु, आफनो प्राणसमेत बलिदान दिनु ।
९. जीवन ऐर्श्वर्य र अधिकारप्रतिको आशक्तिले मानिसलाई दास बनाउँछ । गौतम बुद्ध
१०. संसारमा दुःख छ भन्ने जानेर पनि सन्यासी झैं हातमाथि हात राखी संसारमा जे जस्तो भइराखेको छ, त्यतिकै हुन दिइरहनु अस्वभनीय कुरा हो ।
११. मानिसले मानिसप्रति गरिने अनुचित व्यवहारको परिणत नै मानिसको दुःख हो र दुःखको नाश केवल धर्मले मात्र गर्न सकिन्छ । गौतम बुद्ध
१२. दुष्ट मन भएको मानिसले दुष्ट बोली बोल्छ, शुद्ध मन भएकोले शुद्धी बोली बोल्छ ।
१३. पाप तथा हित नगर्ने कर्महरु गर्न सजिलो हुन्छ, धार्मिक तथा हितकर कर्म गर्न कठिन हुन्छ ।
१४. दुर्वचन पशुहरुलाई समेत अप्रिय लाग्दछ ।
१५. मिथ्या दृष्टि सम्पन्न मानिसहरुको कहिल्यै पनि सदगति हुन सक्दैन ।
१६. आँखाले कुनै पनि वस्तुलाई देखेपछि त्यसका सामान्य स्वरुप वा वर्णनाट आकषिर्त नहोऊ ।
१७. दुर्बलताप्रति सदा मैत्रीभाव राख्नुपर्छ, जसले उनीहरुप्रति मैत्री भावनाको अभ्यास गर्छन्, सबैप्रति दयालु हुन्छन्, उसलाई धेरै लाभ हुन्छ ।
१८. ध्यान पुरस्कार ठूलो हुन्छ, ध्यानको कलामा आफूलाई तालिम दिने मानिस सत्यको बीचमा पुग्दछ ।
१९. जसलाई धनमा आशक्ति छैन, जोसँग धन छ र उसले त्यसको उचित उपयोग गर्दछ भने त्यस्तो मानिस बरदान सावित हुन्छ ।
२०. नैतिकता खराब छ भने त्यसको मतलब हो मानिसले खराब काम गर्नु ।
२१. नैतिकता नै धर्म हो, धर्म नै नैतिकता हो, नैतिकता छैन भने धर्म पनि छैन, नैतिकता नै धर्मको साररुप हो ।
२२. बृद्धहरुलाई श्रद्धा तथा आदर गर्नुपर्दछ, यस्तो गर्नेलाई धेरै पुरस्कार तथा समृद्धि प्राप्त हुन्छ, छोरा छोरीले आमा बाबुलाई सहारा दिनुपर्दछ र आफ्ना आमाबुवालाई जहिले पनि सम्मान गर्नुपर्दछ ।
२३. सुख चाहनेले सधैं आफूलाई सन्तुष्ट राख्नु पर्दछ, सन्तोष नै सबभन्दा ठूलो सुख हो ।
२४. जसले आफ्नो चित्तलाई जिल सक्दछ, उसलाई कसैले पनि जित्न सक्दैन ।
२५. जागरुकताको साथै संयक जानकारी युक्त पनि हुनुपर्दछ, अगाडि बढ्दै र पछाडि हट्दै स्वयंलाई संयममा राख्नुपर्छ । गौतम बुद्ध
२६. मानसिक दुःख बराबर अर्को दुःखदायी घाउ हुँदैन । गौतम बुद्ध
२७. घृणा मनुष्यका लागि हानिकारक छ, आफूभित्र घृणालाई स्थान दिने मानिस आफ्नो नियन्त्रण छोड्छ ।
२८. एकाग्र भएको चित्तले नै पूर्ण स्थिरतालाई प्राप्त गर्दछ, कुशल चित्तको एकाग्रता नैं समाधि हो । गौतम बुद्ध
२९. जागरुकताको अभ्यास गर्नुपर्छ, जागरुकतायुक्त हुनुपर्छ । गौतम बुद्ध
३०. दयाको पात्र त्यही व्यक्ति हुन्छ, जो विशाल धनराशीबीच डुबेर पनि तृष्णामा बसिभूत हुन्छ ।
३१. आफ्नो दुःख नातागोताहरुप्रति निर्दयी नबन्नु, सबैप्रति दया हुनु नै धर्म हो ।
३२. संसारबाट भाग्नु आवश्यक छैन तर संसारलाई नै बदलेर श्रेष्ठतर बनाउनु परम,’ आवश्यक छ ।
३३. संसारलाई इश्वरले बनाएको हो भने कसैले प्रमाणित गर्न सक्दैन, संसारको विकास भएको हो, निर्माण भएको होइन । गौतम बुद्ध
३४. संयम संकल्पको हाम्रो आशा, आकांक्षा, महत्त्वकांक्षालाई उच्च स्तर के प्रशंसा योग्य बनाउँछ, अधम र अयोग्य होइन ।
३५. खराबको संगतमा बस्ने मानिस खराब नै हुन जान्छ, जस्तै र्दुगन्धयुक्त पदार्थ ग्रहण गर्ने मानिस स्वयं गनाउन थाल्छ । गौतम बुद्ध
३६. बुद्धिमानहरूको संगत गर्ने मानिसहरूले पनि यस्तै चरित्र बनाउँछन् र बुद्धिमान र शीलवान् हुँदै जान्छन् ।
३७. लोभ या संर्घष गर्ने असमायिकी कामनामाथि नजर राख्नु आवश्यक छ किनभने यसैबाट धेरै खराबीहरू पैदा हुन्छन् र एकअर्काको निन्दा हुन्छ र संर्घष पैदा ।
३८. आफूलाई अरूसँग समानताको परिचय देऊ, जस्तो तिनीहरू छन्, त्यस्तै म छु जस्तो म छु त्यस्तै तिनीहरू पनि छन् । गौतम बुद्ध
३९. नत अराजकतामा स्वतन्त्रता हुन्छ, नत निरंकुशतामा नै स्वतन्त्रता हुन्छ, केवल स्वतन्त्रता चाहनेले धर्म अवलम्बन गर्नु अनिवार्य हुन्छ ।
४०. हरेक कुरा ध्यान तथा विचार फुयाउन सक्नु, संयक स्मृति हो, यसको मतलब मनको सतह जागरुकता हो ।
४१. बुद्धिमान् कहिल्यै डराउँदैन, उसले आफ्नो बल चिन्दछ र भयभीत हुँदैनस त्यस्तै, उसले आफ्नो कमजोरीहरू पनि चिन्दछ र हुन नसक्ने कुरा गर्न आट्दैन ।
४२. चाहे मानिस एक्लै बस्न किन नपरोस्, उसले उचित मार्गबाट विचलित नहुने साहस गर्नुपर्दछ ।
४३. असल कर्म गर ताकि त्यसबाट नैतिक साहरा पाएर मानव लाभान्वित हुनसक्दछ ।
४४. अभिलाषा नै सबै दुःखको जड हो । गौतम बुद्ध
४५. जति पनि वस्तुहरू अस्तित्वमा आएका छन्, तिनीहरू सबै सहतुक छन्,’ संयोगवश अस्तित्वमा आएका हुन् ।
४६. अदृश्य वस्तुले अर्के हृदयको रूपमा आफूलाई प्रकट गरेको हुनुपर्दछ, त्यसपछि मात्र हामी त्यसको अस्तित्व स्वीकार गर्न सक्दछौं नत्र अस्तित्व.र वास्तविकता स्वीकार गर्न सकिन्न ।
४७. जसले धर्मको अनुसरण गर्दछ उपदेशको पालना गर्दछ, त्यसको मनमा शान्ति हुन्छ, उसलाई आनन्द प्राप्त हुन्छ । गौतम बुद्ध
४८. अनुशरणले यस जीवनमा र पुनर्जीवनम समेत असल कुरा ल्याउँछ ।
४९. असल र बुद्धिमानले आउने जीवनमा सुख प्राप्त गर्दछन्, दुष्ट तथा मूर्ख सधैका लागि मर्दछन् ।
५०. जो अरूको अवगुणहरूको वयान गर्दछ, त्यो आफ्नै अवगुण प्रकट गर्दछ ।
५१. लाभ–हानि, जसअपजस, सुख–दुःख, गुण–अवगुणहरू संसारका हरेक वस्तुसँग आबद्ध भएका हुन्छन् । त्यसकारण मानिसहरू न त सधै सुखी रहन्छन्, नत सधैं दुःखी नै रहन्छन् ।
५२. मानिस जन्मदै न त निधारमा तिलक लगाएर आएको हुन्छ, न त यज्ञोपवीत धारणा गरेर जसले सत्कार्य गर्दछ, ऊ द्विज हुन्छ र जसले कुकर्म गर्दछ ऊ नीच हुन्छ ।
५३. अविद्याको अर्थ हो, मानिसले दुःख जान्न नसक्नु, दुःख निरोधको उपाय जान्न नसक्नु र सत्यलाई नबुझनु नै हो ।
५४. कुनै पनि कुराको सत्यता स्वीकार गर्न केही न केही प्रमाण हुनुपर्छ, ती प्रमाणहरु दुई प्रकारका छन्, एक प्रत्यक्ष र अर्को प्रत्यक्ष ।
५५. धैर्य सबैभन्दा ठूलो प्रार्थना हो । गौतम बुद्ध
५६. पीडितहरुले आफनो परिस्थिति बदल्ने प्रयास गर्नुपर्छ, उनीहरुले कष्टबाट उपेक्षित भएर बस्नुभन्दा उत्साहपूर्वक परिस्थितिलाई बदल्ने प्रयास गर्नुपर्छ ।
५७. जसले सबैभन्दा बढी पुण्य प्राप्त गर्छ त्यही व्यक्ति धर्मको अधिकारी हुन्छ ।
५८. तिमी आफूलाई हानी हुने काम गर्दैनौ, त्यस्तै अरूलाई पनि हानी हुने काम नगर्नू । गौतम बुद्ध
५९. तिमी अरू मानिस जस्तै हौ, तिमीलाई डर र पीडा भएझै अरूलाई पनि हुन्छ । तर्सथ अरूलाई कष्ट हुने काम नगर ।
६०. त्यस्तो व्यवहार पनि ब्यर्थ नै हो, जसमा मान गर्नुपर्नेमा मान हुँदैन ।
६१. मार्ग विरोधी प्रकृतिहरूलाई रोक्नु, उत्पत्ति भएसकेको भए पनि खराब चित्त प्रवृत्तिलाई दबाउनु आदि संयक व्यायामका उद्देश्यहरू हुन् ।
६२. आफ्नो कुरा अनुसारको काम नगर्ने मान्छेको वचन देख्नेलाई राम्रो तर बास्नाहीन फूलजस्तै हो ।
६३. जो प्रिय वस्तुहरूको बन्धनबाट मुक्त छ, उसलाई न शोक छ, न भय छ । गौतम बुद्ध
६४. सबै वस्तुहरू मानिसका दुःख हरण गर्ने साधन हुन्, बुद्धिमान् मानिसले दुःखहरण गर्ने ती सबै साधनहरूलाई भोग्यवस्तु मानेर भोग्नु हुँदैन ।
६५. सत्य मात्र बोल्नु, असत्य नबोल्नु, चुक्ली लाउनु हुँदैन, दोषबाट बच्नुपर्छ, कसैसँग पनि गाली र कठोर वचन र व्यवहार नगर्नु, बुद्धिसंगत र्सार्थक र स्वउद्देश्य वाणी हुनुपर्छ ।
६६. जीवनका महान् कुराहरूको विचार गर्नाले महानता प्राप्त हुन्छ, असल हुनको लागि मानिसको असल कुरा विचार गर्नुपर्छ । गौतम बुद्ध
६७. आफ्ना विचारहरूलाई खराब काम हुन नपाओस् भन्ने कुरामा सजग राखौं । किनभने हामी जस्तो रोप्छौं, त्यस्तै टिप्छौं । त्यसैले आफ्नो विचारलाई उच्च बनाउनोस्, श्रद्धा र दृढतालाई अपनाउनुहोस् ।
६८. सदाचारीविनाको विद्या बढी खतरनाक हुन्छ, जो विद्वान छ, त्यसले सदाचारी पनि हुनुपर्छ । गौतम बुद्ध
६९. प्रकाश भएकै कारणले अदृश्य भए पनि बिजुलीको वास्तविकतालाई स्वीकार गर्दछौं ।
७०. त्यो मानिस नै विद्वान हो, जो बहुजन हिताय, बहुजन सुखायमा लागेको हुन्छ, सुन्दर हितकर पथको अनुगामी हुन्छ ।
७१. विश्वासनीय मानिसले बोलेको कुरा मात्र ठीक हो भनी जान्नुपर्छ, विश्वासको अर्थ हो निर्दोषिता । गौतम बुद्ध
७२. बुद्धिमान् मानिसले अति नै प्रिय भए पनि आफ्नो स्वजनसँग विछोड हुँदा दुःखी हुनुपर्दैन । गौतम बुद्ध
७३. सबै प्रिय वस्तु र प्रियजनहरूसँग एक दिन अवस्य नै वियोग हुन्छ । गौतम बुद्ध
७४. प्राणीका जति पनि क्रियाकलापहरू हुन्छन्, तिनीहरू विज्ञानद्वारा अथवा विज्ञानको परिणामस्वरूप पूरा हुन्छन् । गौतम बुद्ध
७५. विषय इच्छा गर्नेहरूको प्यास कहिल्यै मेटिदैन । गौतम बुद्ध
७६. काम विषयले डसेपछि संयमी मानिसको सुख हरण हुन जान्छ, काम विषय उसको विनाशको कारण बन्न जान्छ । गौतम बुद्ध
७८. वेद पनि विशुद्ध छैन, त्यसैले हरेक चीजको परीक्षण र पुनःपरीक्षण भएजस्तै वेदको पनि परीक्षण भइरहनुपर्छ ।
७९. कोही व्यक्ति भलो, कुभलोमा आशंकित हुन्छ भने उसले आफ्नो मनलाई भलाइमा नै लगाइराख्नुपर्छ ।
८०. नैतिक भ्रष्टताले गर्दा मानवताले दुःखी हुन नपरोस् । गौतम बुद्ध
८१. भीक्षु भनेको गृह त्याग गरी पर्रि्राजक बनेकाहरू हुन्, भीक्षु भन्नु नै व्रत हो । गौतम बुद्ध
८२. भीक्षु त्यो हो जो संयममा रहन्छ, जो सन्तुष्ट छ र एकान्तमा रहेर आफैमा आनन्दित रहन्छ । गौतम बुद्ध
८३. जुन व्यक्ति भीक्षाजीवित हुन्छ, उसलाई यस लोकमा परम सुख प्राप्त हुन्छ, सम्पूर्ण शान्ति प्राप्त हुन्छ, भविष्य जीवनको निमित्त पनि उसका दुःखहरू हराएर जान्छन् ।
८४. शरीरलाई स्थिर बनाइराख्न, हिंसाबाट जोगिएर बस्न तथा असल जीवन व्यतित गर्न भोजन ग्रहण गर्नुपर्छ ।
८५. जुन मतलाई तिमी स्वीकार्न चाहन्छौं, तिनीहरू हितकर छन् वा छैनन्, निन्दनीय छन् वा छैनन् जस्ता कुराहरूमा विचार पु–याउनुपर्छ ।
८६. मन नै वस्तुविशेषको पूर्वगामी हो, मनले तिनीहरूमाथि प्रभाव पार्छ, मनले नै उत्पन्न गर्छ, यदि मनलाई ग्राहृय छ भने सबै कुरा ग्राहृय हुन्छ ।
८७. मानिस आफ्नो विचारको गुणनफल हो, ऊ जे हो, उसको आदर्श रुचि, अरुचि, ऊ स्वयं विचराको उत्पत्ति हो । गौतम बुद्ध
८८. मानिस निरन्तर परिवर्तनशील छ, निरन्तर सर्म्बर्द्धनशील छ र मानिसको उत्पत्ति अनुवंशिक हो । गौतम बुद्ध
८९. मानिसले बुद्धिमान र असलमध्येबाट मित्र छान्नुपर्दछ खराब मित्रले मानिसलाई बिगार्दछ, मित्र त्यस्तो हुनुपर्दछ जसले बुद्धिमानीका साथ निन्दा गर्दछ किनभने मानिसलाई चाहिने सल्लाह त्यही हो ।
९०. मित्र भनेको गुप्त खानी हो र मित्रलाई दाजुभाइ जस्तै ठान्नुपर्दछ । गौतम बुद्ध
९१. प्रतिकूल परिस्थितिमा पनि मित्रता त्याग नगर्ने व्यक्ति नै सच्चा मित्र हुन् । गौतम बुद्ध
९२. मित्रको तीन लक्षण हुन्छन् –१) हित नगर्ने कामबाट बचाउनुस् –२) हितकर काममा लगाउनु, –३) विपत्तिमा साथ नछोड्नु । गौतम बुद्ध
९३. मूर्खता बराबर घोच्ने तिखो तिर अर्को हुँदैन । गौतम बुद्ध
९४. जबसम्म संसारमा प्राणीहरूको मुक्ति हुँदैन, तबसम्म म आफ्नो मुक्तिको आकांक्षा गर्दिन । गौतम बुद्ध
९५. संसारमा सबैको मृत्यु हुन्छ, यसबाट कोही पनि उम्कन सक्दैन । गौतम बुद्ध अपकीर्ति नै मृत्यु हो । शंकराचार्य
९६. मैत्रीको मतलब हो, सबै प्राणीप्रति भातृ भावना रहनु, मित्रहरूप्रति मात्र होइन, शत्रुहरूप्रति पनि र सबै प्राणीहरूप्रति भातृभावना रहनु । गौतम बुद्ध
९७. तिमीले मैत्रीको अभ्यास गरिराख्यौ भने कसैले पनि तिमीसँग अप्रीतिकन व्यवहार गरे पनि तिम्रो मन विचलिन हुँदैन । गौतम बुद्ध
९८. बुद्धिमान्ले ज्ञान बुद्धि प्राप्त गर्न प्रकाशलाई प्रयोगमा ल्याएर लगातार सत्यको मार्गतिर अग्रसर भइरहन्छ । गौतम बुद्ध
९९. सम्पत्ति उसैको र्सार्थक हुन्छ, जसलाई प्राप्त गरेपछि त्यसले आफ्नो मित्रता र थर्मको निमित्त उपयोग गर्दछ । गौतम बुद्ध
१००. सांसारिक धन सम्पत्ति अनित्य र नाशवान् छन्, धर्मरूपी धन नित्य र अनन्त छन् । गौतम बुद्ध
१०१. समाधी भनेको चित्तको एकाग्रहता हो, यसले गतिशील स्वउत्पन्न अवस्थामा पु–याउँछ । गौतम बुद्ध
१०२. कामको परिणामले अनिवार्य रूपमा त्यस्तै प्रकारले पिछा गर्दछ, जसरी रातले दिनको पिछा गर्दछ । गौतम बुद्ध