महात्मा बुद्धले भने– यस्ता मानिस कहिल्यै गरिब हुँदैनन् – Janata Live
  • Thursday, October 21, 2021

महात्मा बुद्धले भने– यस्ता मानिस कहिल्यै गरिब हुँदैनन्

  • जनता लाइभ
  • असार ०५, २०७८

महात्मा बुद्धले भने– यस्ता मानिस कहिल्यै गरिब हुँदैनन्

एकपटक गौतम बुद्ध एक गाउँमा पुगेका थिए । मानिसहरु आफ्ना समस्या लिएर बुद्ध भएको ठाउँमा पुग्थे र समस्याको समाधान भएपछि खुुसी हुँदै फर्किन्थे । त्यही गाउँको सडकको किनारामा एक जना माग्ने बस्ने गरेको थियो ।

मानिसहरु बुद्धकोमा गएको उसले ध्यान दिएर हेरिरहेको थियो । उसलाई अचम्म लागिरहेको थियो कि बुद्ध कहाँ जाँदा मानिसहरुको अनुहार निकै दुखी खालको हुन्थ्यो तर फर्किएर आउँदा हास्दै आउँथे ।

त्यसपछि उसले म पनि किन नजाने त भन्ने सोच्यो र एक दिन बुद्ध भएको स्थानमा गयो ।

मानिसहरु लाइनमा बसेका थिए । बुद्धसँग आफ्ना समस्या सुनाउँथे । जवाफ पाएपछि खुसी भएर फर्कन्थे ।

जब उसको पालो आयो त्यसपछि उसले बुद्धलाई भन्यो,‘भगवान ! यो गाउँमा सबै सुखी र सम्पन्न छन्, म मात्र किन गरीब ?’ उसको प्रश्न सुनेर बुद्धले मुस्कुराउँदै भने,‘तिमी गरीब र निर्धन यसकारण भयौं कि तिमीले आजसम्म कसैलाई केही दिएका छैनौं ।’ बुद्धका कुरा सुनेर माग्ने छक्क पर्‍यो र सोध्यो,‘भगवान! म सँग अरुलाई दिन छ नै के र ? मेरो दैनिकी चलाउन मुस्किल छ । म अरुको घरघरमा गएर मागेर गुजारा चलाइरहेको छु ।’

शान्त मुद्रामा बुद्धले भने,‘तिमी अज्ञानी छौं । अरुलाई बाँड्नका लागि भगवानले तिमीलाई यति धेरै दिएका छन् तिमीलाई थाहा छैन ? तिमीले थाहा पाउने छौं कि अरुका लागि दिनका लागि भगवानले दिएको कुरा सजिलै तिमी दिन सक्छौं ।’ बुद्धले अगाडि भने,‘तिमीले मानिसमा आशाको सञ्चार गराउन सक्छौं । मुखबाट दुईवटा भएपनि मिठा शब्द बोल्न सक्छौं । दुबै हातले मानिसको लागि सहयोग गर्न सक्छौं । जसलाई ईश्वरले यी तीन चीज दिएको हुन्छ त्यो मानिस कहिल्यै गरीब हुँदैन, निर्धन भएको विचार व्यक्तिको मनमा हुन्छ । यो त एक भ्रम हो । यसलाई हटाउ ।’

यो सुनेर माग्ने निकै खुसी भयो ।

Loading...
Loading...
Loading...

यो हो, बिल गेट्सलाई विश्वकै धनी व्यक्ति बनाउने ११ सिद्धान्त

फोर्ब्सको धनीहरुको सुचिमा माइक्रोसफ्टका पूर्व सीईओ तथा चियरम्यान बिल गेट्सको नाम फेरी पहिलोमा आएको छ। ७९.२ अरब डलरको साथ दुनिया...

बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’

गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट...

‘एक हप्ताभित्र मर्ने थाहा पाए के गर्नुहुन्छ ?’ साधु र चेलाको रोचक प्रसंग

कुरा आदिम समयको हो । साधु तुकाराम आफ्नो आश्रममा बसिरहेका थिए । उनका एकजना रिसाहा चेला साधुको नजिक आए र...

“मृत्यु अटल सत्य छ भन्ने जान्दाजान्दै पनि हामी अन्जान बन्छौँ”

काठमाडौँ – महात्मा बुद्धको समयको कुरा हो । मृत्युपछि आत्मालाई स्वर्गमा प्रवेश गराउनको लागि पण्डित कुनै विशेष कर्मकाण्ड गर्दथे ।...

गौतम बुद्धको उपदेशहरु : यो कलियुग हो यहाँ झुटलाई स्वीकार गरिन्छ र सत्यको शिकार गरिन्छ

जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु खोज्नु नै छ भने तपाइँको चिन्ता गर्ने वालालाई खोज्नुस्...

बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ

हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’...

तिमी जन्मदै पखेटा लिएर आएका छौं, घिस्रिन छाडेर उड्न थाल – रुमी

काठमाडौं – १३ औं शताव्दीका प्रख्यात कवि मौलाना जलालुद्दिन रुमी । उनको नाम अहिले पनि अविस्मरणीय छ । उनका कविताहरु...

जीवनलाई सार्थक बनाउन सहयोग गर्ने बुद्धका यी ८ वाणी

काठमाडौं– मानव जीवनलाई पूर्ण, सार्थक र सरल बनाउनका लागि गौतम बुद्धका वाणी निकै सहयोगी मानिन्छन् । सयौं वर्ष पहिला बुद्धले...