जीवन के हो ? मृत्युपछिकाे यात्रा के हुन्छ ? बुद्ध यसो भन्छन्… – Janata Live
  • Saturday, May 21, 2022

जीवन के हो ? मृत्युपछिकाे यात्रा के हुन्छ ? बुद्ध यसो भन्छन्…

  • जनता लाइभ
  • असार ०३, २०७८

जीवन के हो ? मृत्युपछिकाे यात्रा के हुन्छ ? बुद्ध यसो भन्छन्…

एकपटक गौतम बुद्ध आफ्ना शिष्यका साथ संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए । यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ । तर, हजुरले आजसम्म हामीलाई मानिसको मृत्युपश्चात् के हुन्छ भन्ने विषयमा केही पनि भन्नुभएको छैन ।

उनको जिज्ञासा सुनेर बुद्ध मुसुक्क हाँसेर गम्भीरतापूर्वक उनले भने– हो त है, मैले यसबारे तिमीहरूलाई केही पनि भनेको छैन । ठिकै छ आज म तिमीहरूलाई यसबारे भन्नेछु ।

तर, यसबारे भन्नुअघि तिमीहरू मेरो एउटा प्रश्नको जवाफ देओ । उनका शिष्यले भने– आज्ञा होस् प्रभु ! बुद्धले भने– एकजना मानिस सुनसान जंगलको बाटो कतै जाँदै थियो । अचानक कतैबाट आएर एउटा विषालु वाण उसको शरीरमा घुस्यो । यस्तो अवस्थामा उसले तत्काल के गर्नु उचित हुन्छ ?

पहिले शरीरमा घुसेको वाण हटाउनु ठीक हुन्छ कि त्यो वाण कसले चलाएको थियो, कताबाट आएको थियो र कसलाई लक्ष्य गरेर चलाइएको थियो, त्यो पत्ता लगाउनु उचित हुन्छ ? प्रश्नकर्ता शिष्यले जवाफ दिए– उसले सबैभन्दा पहिले शरीरमा घुसेको वाण निकाल्नुपर्छ । अन्यथा वाणको विष पूरै शरीरमा फैलिएर उसको ज्यानै पनि जान सक्छ ।

शिष्यको जवाफ सुनेपछि बुद्धले भने– तिमीले ठीक भन्यौ । अब तिमी मलाई अर्को एउटा प्रश्नको जवाफ देऊ । हामीले सबैभन्दा पहिले यस जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक हुन्छ कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक हुन्छ ? बुद्धको प्रश्न सुनेपछि शिष्यको जिज्ञासा शान्त भयो ।

Loading...
Loading...
Loading...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पार्टनरले तपाईंका भित्री इच्छालाई बुझिदिंदा आनन्दको अनुभूति हुनेछ, अब प्रेम...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –चित्त नबुझेका कुरा प्रकाशमा ल्याए उपाय निस्कने छ । सामाजिक...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्ला । विद्या र बुद्धिको...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –अहङ्कार, अडान र आडम्बर तपाईंका कमजोरी बन्नसक्छन्, त्यसैले सँगीसाथी, घरपरिवार...

आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज विधि, कानून र अनुशासनको पालना गर्नैपर्ने समय हो, लापरवाही...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, याद गर्नुहोला, आज अलि...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पढाइ वा तालिमका सिलसिलामा कार्यालयबाहिर जानुपर्ने हुन्छ । प्रयत्न गरेमा...