गौतम बुद्धका अमर वाणीहरू – Janata Live
  • Sunday, August 14, 2022

गौतम बुद्धका अमर वाणीहरू

  • जनता लाइभ
  • असार ०३, २०७८

गौतम बुद्धका अमर वाणीहरू

१. जागा व्यत्तिको रात लामो हुन्छ । थाकेकाको लागि बाटो लामो हुन्छ र धर्म नजान्ने व्यत्तिका लागि जीवन नै लामो हुन्छ ।

२. व्यक्तिले प्रेमले क्रोधलाई, सदाचारले पापलाई, दानले लोभलाई र सत्यले मिथ्या भाषणलाई जित्न सक्छ ।

३. जहाँ प्रेम छ त्यहीँ जीवन छ । जहाँ घृणा छ त्यहाँ विनाश छ ।

४. त्यो वीर होइन जसले हजारौँलाई जित्दछ, त्यो वीर हो जसले मनलाई जित्दछ ।

५. सत्य बोल्नको लागि असत्यको त्याग गर्नुपर्दछ ।

६. अर्काका कमी कमजोरीलाई नहेर । तिनका कर्म अकर्म नहेर । आफ्नै कमीकमजोरी र आफ्नै काम कर्मलाई हेर ।

७. जसमा सत्य छ, शील छ, करुणा छ, संयम छ, शुद्धि छ, बुद्धि छ त्यो वास्तविक बुद्ध हो ।

८. धेरै बोल्नाले कोही पण्डित हुँदैन । जो क्षमाशील छ, जो घुणा र भयबाट मुक्त छ त्यसैलाई पण्डित भनिन्छ ।

९. उच्च जीवनस्तर होइन बरु उच्च आचरण सुखको मूल मन्त्र हो ।

१०. खाली पेटमा कोही बुद्धिमान बन्न सत्तैन ।

Loading...
Loading...
Loading...