बुद्ध र रिसाहा पुरुष – Janata Live
  • Sunday, August 14, 2022

बुद्ध र रिसाहा पुरुष

  • जनता लाइभ
  • असार ०३, २०७८

बुद्ध र रिसाहा पुरुष

एकपटक गौतम बुद्ध एउटा गाउँमा प्रवचन दिइरहेका थिए । प्रवचनका क्रममा उनले भने- हरेक मानिसले धर्तीमाताजत्तिकै सहनशील तथा क्षमाशील हुन सक्नुपर्छ । क्रोध यस्तो दावानल हो, जसका कारण क्रोधितले अरूलाई त जलाउँछ नै, साथसाथै स्वयं पनि जल्छ ।

सबैजना शान्तिपूर्वक बुद्धवाणी सुनिरहेका थिए । तर, एकजना रिसाहा व्यक्तिलाई भने बुद्धका हरेक वाणी बेकारका लागिरहेका थिए । सुन्दासुन्दा सहन नसकेर उनी जुरुक्क उठे र बुद्धलाई सम्बोधन गर्दै भने- बुद्ध ! तिमी पाखण्डी हौ । हावादारी कुरा सुनाएर मानिसलाई दिग्भ्रमित गर्दै छौ । उनका यस्ता कटु वचन सुनेर पनि बुद्ध शान्त रहे । उनी न दुःखी भए, न कुनै प्रतिक्रिया नै जनाए । बुद्धको व्यवहारले क्रोधित मानिस थप उत्तेजित भए । उनी बुद्धको मुखमा थुकेर बर्बराउँदै त्यहाँबाट बाहिरिए ।

भोलिपल्ट उनको क्रोध शान्त भयो । उनलाई आफ्नो गल्तीको महसुस भयो । उनी पश्चात्तापको आगोमा जल्न थाले । उनी बुद्धलाई खोज्दै अघिल्लो दिन प्रवचन भइरहेको स्थानमा पुगे । तर, बुद्ध अर्कै गाउँतर्फ गइसकेका थिए । अनेक स्थानमा सोधपुछ गर्दै उनी बुद्धले प्रवचन दिइरहेको अर्को गाउँ पुगे । बुद्ध शान्त भावमा प्रवचन दिइरहेका थिए । बुद्धलाई देख्नासाथ उनी बुद्धको पाउमा परे र भने- मैले धेरै ठूलो गल्ती गरेँ प्रभु, मलाई माफ गर्नुहोस् । बुद्धले उनलाई उठाएर सोधे– तिमी को हौ ? तिमीलाई के भयो ? मसँग किन क्षमा मागिरहेका छौ ?

ती व्यक्तिले भने- के हजुरले बिर्सिनुभयो ? म त्यही व्यक्ति हुँ, जसले हिजो हजुरसित निकै नराम्रो व्यवहार गरेको थियो । म आफूले गरेको कर्मप्रति लज्जित छु । म आफ्नो दुष्ट कर्मप्रति क्षमा माग्न आएको हुँ, प्रभु !

बुद्धले भने- मैले बितेको समय उतै छाडेर आएँ, तिमी भने अझै त्यहीँ अड्किरहेका छौ । तिमीलाई आफ्नो गल्तीको महसुस भयो, पश्चात्ताप ग-यौ, निर्मल भयौ । बितिसकेको समयका कारण आफ्नो आजलाई नबिगार ।

Loading...
Loading...
Loading...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७९ साउन २४ गते मंगलबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै कुराले मनमा शान्ति...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७९ साउन २३ गते सोमबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा निराशा र शरीरमा...

आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महत्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ ।...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा...