मुक्तिनाथमा ढुंगाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धमूर्ति – Janata Live
  • Wednesday, December 1, 2021

मुक्तिनाथमा ढुंगाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धमूर्ति

  • जनता लाइभ
  • असार ०१, २०७८

मुक्तिनाथमा ढुंगाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धमूर्ति

काठमाडौँ – हिन्दु र बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा नेपालकै सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण गरिएको छ । यो मूर्ति अमेरिका निवासी व्यवसायी सोनाम लामाको करिब ४ करोड रुपैयाँ लगानीमा स्थापित गरिएको हो ।

केही दिनअघि एक विशेष कार्यक्रमबीच यो बुद्ध मूर्तिको धार्मिक विधिपूर्वक अनावरण गरिएको छ । सुरुमा २ करोड रुपैयाँमा मूर्ति स्थापनाको योजना बनाइएकोमा लागत बढेर ४ करोड पुगेको निर्माणकर्ता मुक्तिनाथमै जन्मथलो भएका सोनाम लामाले बताए ।

‘शाक्यमुनि बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो’, मूर्ति स्थापनाकर्ता लामा भन्छन्, ‘तिनै बुद्धको मूर्ति मुक्तिनाथमा स्थापित गरेर नेपालको अग्लो स्थानबाट बुद्ध नेपालमा जन्मेको सन्देश विश्वलाई दिन खोजेका हौँ ।’

सोनामको जन्म सन् १९६१ मा अहिलेको मुक्तिनाथको पुराङमा भएको थियो । १६ वर्ष गाउँमै बसेका अहिले २२ वर्षदेखि अमेरिकामा छन् । अमेरिकामा एक सफल नेपाली व्यवसायीका रुपमा पनि चिनिँदै आएका छन् ।

३५ फिट अग्लो यो बुद्धमूर्ति सन् २०१३ बाट निर्माण थालिएको हो । यस मूर्तिको तौल ६० हजार किलो भन्दा धेरै छ । हिन्दुहरुले मुक्तिनाथलाई मुक्तिक्षेत्रका रुपमा लिन्छन् । उनीहरुले भगवान विष्णुको पावन क्षेत्रकारुपमा मुक्तिनाथलाई पूजा गर्छन् ।

सतीदेवीको अंग पतन भएको शक्तिपीठकारुपमा समेत दर्शन गरिने मुक्तिनाथ क्षेत्रमा बौद्धगुरु रिन्पोछे पद्मसम्भव तिब्बतबाट यात्राका क्रममा ध्यान गरेको पवित्र क्षेत्र पनि मानिन्छ ।

मुक्तिनाथमा प्रतिस्थापित बुद्ध मूर्ति ललितपुरको पाटनमा निर्माण गरिएको हो । मूर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाइ उत्तम शाक्यसहित बुद्धमूर्ति निर्माणमा अन्य २० जना कालीगढ जुटेका थिए ।

सन् २०१३ मा तत्कालिन पर्यटनमन्त्री पोष्टबहादुर बोगटी (हाल दिवंगत) ले बुद्धमूर्ति स्थापनास्थलको शिलन्यास गरेका थिए । यो मूर्ति फर्पिङबाट ल्याइएको विशेष ढुंगाबाट बनाइएको हो ।

सन् २०१५ अप्रिल (२०७२ वैशाख १२) को भूकम्पले बुद्धमूर्ति निर्माणमा रोकिएको थियो । बुद्धमूर्ति कुँदिरहँदा आएको भूकम्पले बनिसकेको मूर्ति भत्काइदिएको थियो ।

पाटनमा यो मूर्ति सन् २०१५ अक्टोबरमै तयार भएको थियो । तर त्यहाँबाट मुक्तिनाथसम्म पुर्‍याउन ६ महिना लागेको थियो । यो मूर्तिलाई १३ ट्रकमा हालेर सन् २०१६ मार्चमा मुक्तिनाथमा लगियो ।

मुस्ताङको मुक्तिनाथमा प्रतिस्थापित गरिएको ढुं‌गाबाट निर्मित सबैभन्दा ठुलो बुद्धमूर्ति

यस्तो छ मूर्ति

यो बुद्धमूर्तिको टाउको पाँच फिट अग्लो छ । टाउकोको तौल करिब ५ हजार किलो छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट राखिएको छ । बुद्धमूर्तिको पाखुरो ९ फिट र चौडाई १८ इन्च छ ।

यो विशाल मूर्ति मुक्तिनाथको १२ हजार ६ सय फिटमा स्थापित गरिएको छ। यो मूर्ति नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति हो । संसारको सबैभन्दा ठूलो पत्थरको बुद्धमूर्ति चिनको सिचुवान प्रान्तमा छ । त्यो मूर्ति ७१ मिटर अग्लो छ ।

नेपालमा सिमेन्टका बुद्धमूर्ति यो भन्दा अग्ला छन् । तर ढुंगाबट बनाइएको बुद्धमूर्ति यो सबैभन्दा ठूलो हो । यो मूर्ति लुम्बिनीमा जन्मिएका गौतम बुद्ध भूमिस्पर्स मुद्रामा छन् ।

हिन्दुधर्मालम्बीहरु पशुपतिनाथको दर्शनपछि मुक्तिनाथ क्षेत्र पुग्छन् । बौद्ध धर्मालम्बी पनि लुम्बिनीको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने वातावरण बनाउन बुद्धमूर्तिको स्थापना गरिएको लामा बताउँछन् ।

मुक्तिनाथ ?

मुक्तिनाथ हिन्दू र बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल हो । यो धाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेर विशेष पूजा गरेका छन्। यो मन्दिरलाई हिन्दूले मुक्ति क्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सयपानी) भन्छन् । तिब्बती बौद्धमार्गीको २४ तान्त्रिक स्थानमध्ये यो पनि एउटा हो ।

मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरमध्ये एक हो । यो तीर्थस्थल शालिग्रामका लागि प्रसिद्ध छ । शालिग्रामलाई विष्णुको स्वरुप मानेर हिन्दू धर्मावलम्वीले पूजा गर्छन् ।

Loading...
Loading...
Loading...

धर्म परिवर्तन गराएको अभियोगमा पास्चरलाई दुई वर्ष कैद सजाय

धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपाईको एकल...

दानवीर जिपछिरिङको राजनीतिक यात्रा

जिपछिरिङ लामा शेर्पा, नामै काफी छ। एक महान समाजसेवी, सफल निर्माण व्यवसायी, परोपकारी राजनीतिज्ञ, एक उदाहरणीय माननीय। पिता तेङिमा शेर्पा...

रातभर सामुहिक बलात्कारपछि दलित महिलाको हत्या, दुई जना पक्राउ

महोत्तरी– महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी भंगहा नगरपालिका–५...

दशैंको मासु भाग लगाउने क्रममा विवाद, चिर्पटले हानेर युवकको हत्या

सिन्धुली– दशैंको मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने...

मान्छे ‘पासो’ लागेको डोरी करोडौंमा बेच्ने भन्दै सुनाकोठीमा महिलाको हत्या

काठमाडौं– काठमाडौं उपत्यकाभित्रै एक अनौंठो हत्याको घटना बाहिर आएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा कमला तामाङको हत्या भएको छ...

टिकटक बनाउने भन्दै केहीबेर सुनको सिक्री माग्ने यी महिलाहरु भागेपछि…

काठमाडौं– टिकटक बनाउनका लागि भन्दै लिएको सुनको सिक्री लिएर फरार भएका दुई महिला पक्राउ परेका छन्। काठमाडौं महानगरीय अपराध महाशाखाको...

पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन्

काठमाडौं– श्रीमती सम्झना तामाङ (नाम परिवर्तन) लाई भारतको राजधानी दल्लिीस्थित कोठीमा बेच्ने नुवाकोट दुप्चेश्वरका नवीन तामाङ र पासाङ शेर्पा पक्राउ...

गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलकाता आइपुग्यो

बार्सिलोना– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै...