जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ –गौतम बुद्ध – Janata Live
  • Sunday, August 14, 2022

जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ –गौतम बुद्ध

  • जनता लाइभ
  • जेठ ३१, २०७८

जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ –गौतम बुद्ध

बुद्धको महान भनाईहरु

कुनै पनि हालतमा तीन चीज लुक्न सक्दैन, सुर्य, चन्द्रमा र सत्य ।

जीवनमा कुनै उद्देश्यसम्म पुग्न भन्दा धेरै महत्वपुर्ण त यात्रा राम्रोसँग सम्पन्न गर्नुपर्छ ।

खराब कहिल्यै हटाउन सकिदैन, घृणालाई केवल प्रेमले मात्र हटाउन सकिन्छ, यो एक अटुट सत्य हो ।

सत्य मार्गमा हिड्ने व्यक्ति केवल दुई गल्ति मात्र गर्न सक्छ, पहिलो बाटो तय नगर्ने र दोस्रो फेरी शुरुवात नगर्ने ।

भविष्यको सपना नबनाउनुहोस, विगतमा नबस्नुहोस्, केवल वर्तमानमा ध्यान दिनुहोस् यहि नै जीवन आनन्दित हुने सहि तरीका हो ।

जसरी हजारौ बत्तीहरु बालेर प्रज्ज्वलित गर्न सकिन्छ तैपनि बत्तीको प्रकाश कम हुँदैन, त्यस्तै खुशी बाड्दै जाँदा बढ्दै जान्छ, कहिल्यै पनि कम हुँदैन ।

जीवनमा तपाइँले चाहे जति राम्रो किताव पढेपनि, राम्रो शब्द सुन्नुहोस् तर जबसम्म आफ्नो जीवनमा अपनाउनु हुन्न तबसम्म कुनै फाइदा हुँदैन ।

सधै क्रोधित हुनु भनेको बलेको कोइला समात्नु सरह हो यसले पहिला आफैलाई जलाउछ ।

हजारौ शब्द क्रोधमा बोल्नु भन्दा मौन बस्नु राम्रो हो, मौन शब्दले जीवनलाई शान्ती दिन्छ ।

जीवनमा आफैलाई जित्नु हजार लडाइँ जित्नु भन्दा उत्तम हो, यसमा जित तपाइँको नै हुनेछ । यस्लाई कसैले खोस्न सक्दैन ।

जीवन बदल्ने विश्वप्रसिद्ध प्रेरक भनाईहरु

१. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।

२. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।

४. हामी जे सोच्दछौ उँही बन्दछौ ।

५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

७. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

१०. हमी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौ ।

जीवन बदल्ने विश्वप्रसिद्ध प्रेरक भनाईहरु

शायदै यस्ता कुनै व्यक्ति हाेला, जसले अरूबाट कुनै आशा वा अपेक्षा राख्दैन । हरेक व्यक्तिले कसै न कसैबाट कुनै न कुनै कुराकाे आशा राखेकाे हुन्छ । हरेक व्यक्तिले परिवारबाट, नानीहरूबाट, साथीबाट, आफन्तबाट कुनै न कुनै आशा गरेकाे हुन्छ ।

१. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।

२. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।

४. हामी जे सोच्दछौ उँही बन्दछौ ।

५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

७. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

१०. हमी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौ ।

११. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।

१२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।

१३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।

१४. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

१५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।

१६. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

१७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

१८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।

१९. आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।

२०. धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।

२१. एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।

२२. घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।

२३. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।

२४. विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।

२५. जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।

आशा गर्नु एउटा स्वाभाविक गुण हाे र केही हदसम्म आशा गर्नु पनि पर्छ । नत्र कुनै आशा बिनाकाे जिवन रंगीन बन्न पुग्छ । तर जब हामी अरूबाट धेरै आशा वा अपेक्षा गर्छाै तब यही कुरा हाम्राे दुखकाे कारण बन्न पुग्छ ।

जब कसैले हाम्राे अपेगक्षा पुरा गर्छ, तब हामी खुसी महसुस गर्छाै र जब उसले हाम्राे अपेक्षा पुरा गर्दैन तब हामी आफैलाई दुखी महसुस गर्छाै । त्यसैले अरूबाट धेरै आशा पनि गर्नु हुँदैन । प्राय निम्न कुराहरूमा अरूबाट बढी आशा नगर्नुहाेस् ।

खुसी रहन चाहनु हुन्छ ? यी ६ कुरा कहिल्यै नभुल्नुस्

हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।

१ हसाउँने कुराहरु हेर्नुस्

हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।

२ बाहिर निस्कनुस्

तपाइँ गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाइँ बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।

३ नियमित ब्यायाम गर्नुस्

विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाइँको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।

४ शरीरमा मालिस गर्नुस्

समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउँछ ।

५ सुगन्धित तेलको प्रयोग गर्नुस्

स्प्रे वा सुगन्धित तेल लगाउने बानीले तपाइँलाई स्फुर्त बनाउँछ । यसले तपाइँको ब्यक्तित्व पनि आकर्षक बनाउँछ ।

६ सकारात्मक सोंच

सकारात्मक सोंच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो । यदि तपाइँ खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकुल परिस्थितिमा पनि सुखी राख्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

कसरी खुसी राख्ने प्रेमिकालाई ? यस्तो छ केहि उपाय

प्रेम सम्बन्धलाई सुमधुर राख्न अरु केही सूत्र जान्नुपर्छ । गर्लफ्रेन्डको कति अव्यक्त चाहाना हुन्छ, जो ब्वाइफ्रेन्डले बुझ्नुपर्छ । अक्सर गर्लफ्रेन्ड चाहन्छन् कि आफ्ना ब्वाइफ्रेन्डले केयर गरुन्, हरेक कुरा साझेदार गरुन् ।

स्वभाविक रुपमा ब्वाइफ्रेन्डले आफ्ना ब्वाइफ्रेन्डप्रति अपेक्षा राख्छन् । उनीहरु चाहन्छन्, आफ्ना ब्वाइफ्रेन्ड समझदार होस् । स्मार्ट होस् । फेसनेवल होस् । रोमान्टिक होस् । व्यवहारिक होस् । तर, यति मात्र काफी छ त ? यदि उनीहरुको मनोविज्ञान बुझेर त्यही अनुसार आफुलाई पेश गर्न सकियो भने प्रेम जीवन सुमधुर र कसिलो हुन्छ । रसिलो पनि ।

यसका लागि ब्वाइफ्रेन्डसँग केही टि्रक्स भने हुनैपर्छ । जस्तो,

साथ दिनुपर्छ

जब कुनै युवती प्रेममा पग्लन थाल्छे, उनीहरुलाई ब्वाइफ्रेन्डको साथ चाहिन्छ । उनीहरु ब्वाइफ्रेन्डको सामिप्यता चाहन्छन् ।यस्तो अवस्थामा उनीहरुको चाहानालाई उपेक्षा गर्नु हुँदैन । गर्लफ्रेन्डसँग समय बिताउने प्रयास गर्नुपर्छ । हरेक दिन भेट्न संभव नभएपनि उनीहरुको सम्पर्कमा रहनुपर्छ । गर्लफ्रेन्डमा यस्तो महसुष हुनुपर्छ कि, मेरो ब्वाइफ्रेन्ड सधै मेरो साथमा छ । यसले उनीहरुमा प्रेम र सुरक्षाको भाव जगाउँछ ।

हरेक पल साझेदार गरौं

अक्सर युवतीहरु आफ्नो ब्वाइफ्रेन्डले खुलेर मनको कुरा गरेको रुचाउँछन् । उनीहरुको चाहाना पनि यही हुन्छ । सुखमा होस् वा दुखमा, खुसीमा होस् वा पीडामा गर्लफ्रेन्ड सँग आफ्नो मनोभाव पोख्नुपर्छ । युवतीको विश्वास जित्ने राम्रो काइदा हो यो । हरेक पल उनीहरुसँग साझेदार गर्नुपर्छ । संभव भए घुम्ने, फिल्म हेर्ने, सपिङ गर्ने, रेष्टुरेन्ट जाने काम गर्नुपर्छ । यदि सो संभव नभए पनि आफ्नो बारेमा अपडेट गराउनुपर्छ । यसले तपाई कति जिम्मेवार र विश्वासिलो हुनुहुन्छ भन्ने कुरा गर्लफ्रेन्डले अनुभूत गर्छिन् ।

प्रेम व्यक्त गरौं

प्रेम अनुभूत गर्ने कुरा हो । यद्यपी मानविय स्वभाव के हुन्छ भने, यस्ता कुरा खुलेर व्यक्त गरोस् । खासगरी प्रेमको सवालमा यो कुराले अहंम भूमिका राख्छ । युवती वा युवा जो कोहिले आफुप्रति प्रेम व्यक्त गरोस् भन्ने अपेक्षा राख्छ । गर्लफ्रेन्डलाई कति माया गरिन्छ वा विश्वास गरिन्छ, सो कुरा व्यक्त गर्नुपर्छ । गर्लफ्रेन्डलाई माया दर्शाउन उपहार नै दिनुपर्छ भन्ने छैन, केवल शब्दद्वारा पनि माया व्यक्त गर्न सकिन्छ । गर्लफ्रेन्डको जन्मदिनमा शुभकामना दिनुहोस् । उनको सफलतामा खुसी हुनुहोस् । जसरी हुन्छ, गर्लफ्रेन्डलाई आफुले भरपुर माया दिएको अनुभूत गराउनुहोस् ।

फिल्म हेराउने

गर्लफ्रेन्डसँग फिल्म हेर्ने अवसर सधै जुर्दैन । र, बिवाहपछि त यो संभव पनि हुँदैन । त्यसैले प्रेम सम्बन्ध रहेकै बेला यस्तो अनुभूति पनि संगाल्न सकिन्छ । गर्लफ्रेन्डसँग कुनै रोमान्टिक फिल्म हेर्न सकिन्छ । यद्यपी कुन फिल्म हेर्ने, कुन हलमा जाने भन्ने कुरामा आफ्नो निर्णय लाद्नु हुँदैन । गर्लफ्रेन्डलाई यसमा प्राथमिकता दिनुपर्छ ।

निक नेम राख्ने

आफ्नी गर्लफ्रेन्डलाई सम्बोधन गर्नका लागि कुनै निक नेम राखौं । यसले तपाईहरुको प्रेम सम्बन्ध थप प्रगाढ हुन्छ । मायालु नामले गर्लफ्रेन्डलाई सम्बोधन गर्नुपर्छ । गर्लफ्रेन्डलाई भावनात्मक रुपले पगाल्नका लागि यो राम्रो सूत्र हो ।

उपहार

प्रेम सम्बन्धलाई जोड्ने अर्को माध्याम हो, उपहार । उपहार गतिलो वा महंगो हुनुपर्छ भन्ने छैन । यद्यपी अर्थपूर्ण भने हुनुपर्छ । यसले उपहार छनौटमा तपाई कति बुद्धिमानी हुनुहुन्छ भन्ने कुरा पनि देखाउँछ । अक्सर उपहार छनौट गर्दा गर्लफ्रेन्डको रुची, सौखलाई ध्यान दिनुपर्छ । उनलाई कस्तो रंग मनपर्छ भन्ने कुरामा समेत ध्यान दिन सकिन्छ ।

प्रशंसा गरौं

प्रचलित भनाई नै छ, केटीहरु प्रशंसाको भोका हुन्छन् । गर्लफ्रेन्डलाई प्रशंसा गर्नुपर्छ तर, त्यो स्वभाविक हुनुपर्छ । यदि गर्लफ्रेन्डलाई कुनै पहिरनले सुहाएको छ भने, कुनै गरगहनाले राम्री देखिएको छ भने प्रशंसा गर्न कञ्जुस्याँइ गर्न हुन्न । तर, अस्वभाविक वा बनावटी प्रशंसा नगरौ । त्यसले तपाईको प्रवृत्तिमाथि नै शंका पैदा गर्न सक्छ ।

आचार्य चाणक्यका प्रेरक भनाई अनि नीतिहरु

प्रेरणादायी वा प्रेरक भनाईहरु भन्ने बित्तिकै, “कुनै पनि कुरा जस्ले हामीलाई प्रेरणा दिन्छ र आफु भित्र सकारात्मक सोच विकास गर्नुका साथै हाम्रो हौसला बढाउँन र हामीलाई प्रेरित गर्न सहयोग गर्छ भने”, त्यस्ता भनाईहरुलाई हामी प्रेरणादायी वा प्रेरक भनाईहरु भन्ने गर्छौ ।

संसारमा यस्ता अनगिन्ति भनाईहरु भनिएका छन, जस्ले हामीलाई प्रेरणा त दिन्छ नै साथै आफुमा विश्वास राखन र सकारात्मक भएर काम गर्न प्रेरित गर्छ। यस्ता भनाईहरु हामीले बिभिन्न माध्यमबाट पढ्न र सुन्न सक्छौ । यदि हामीले, त्यस भनाईको अर्थ बुझ्न सक्यौ भने त्यी भनाईहरुले हामीलाई ज्ञान त दिन्छन नै साथै प्रेरणा पनि दिने गर्छन ।

यहाँ हामीले पनि हाम्रो ज्ञान बढाउने र प्रेरणा दिने आचार्य चाणक्यका प्रेरक भनाईहरु प्रस्तुत गरेका छौ । चाणक्यले यस्ता कुरा बताएका छन्, जुन कुराले व्यक्तिलाई जीवनमा कहिले हानी वा नोक्सानको सामना गर्नुपर्दैन् । उनले धेरै जीवन उपयोगी भनाई भनेका छन जुन मध्ये केही हामीले यहाँ प्रस्तुत गरेका छौ ।

१) गुणले मान्छेको पहिचान हुन्छ ठुलो सिंहासनमा बस्नाले होइन, महलको उच्च शिखरमा बसे पनि कागलाई गरुड भन्न असम्भव छ ।

२) आफ्ना गोप्य कुराहरु कसैलाई नभन । त्यसले तिमीलाई नष्ट गरिदिन सक्छ ।

३) व्यक्ति एक्लै जन्मन्छ र एक्लै मर्छ पनि, र उ आफ्नो राम्रो र नराम्रो कर्मको फल स्वयंमले भुक्तानी गर्छ र उ एकलै नर्क वा स्वर्ग जान्छ ।

४) आफ्नो ईमान र धर्मलाई बेचेर गरेर कमाएको धन आफ्नो कुनै कामको हुदैन, अत: त्यसको त्याग गर्नु तपाईको लागि उत्तम हुन्छ ।

५) फूलको सुगन्ध हावाको दिशातिर मात्र फैलिन्छ । तर, मान्छेको राम्रा कामहरुको सुगन्ध चारै दिशामा फैलिन्छ ।

६) परिश्रम त्यो चाबी हो, जस्ले भाग्यको ढोका खोलि दिन सक्छ ।

७) यदि सर्प बिषालु छैन भने पनि उसले स्वयंमलाई बिषालु देखाउनु पर्छ ।

८) अरुले गरेका गल्तीहरुबाट पाठ सिक्ने गर। किनकी ती सबै गल्ती तिमीले दोहोर्याउनको लागि तिमीसंग अत्यन्तै कम समय छ ।

९) कुबेरलेनि यदि आय भन्दाबढी व्यय गर्यो भने उ नि कंगाल भन्छ ।

१०) मुर्ख ब्यक्तिको लागि किताब उतिनै उपयोगी हुन्छ, जति एक अन्धो व्यक्तिको लागि ऐना ।

११) मानिस महान उसले गर्ने कामले हुन्छ, उसको जन्मले होइन ।

१२) तिमीलाई सफलता दिलाउने वा नष्ट गर्ने सबै तिमीले गरेको समयको उपयोगमा भर पर्छ । १३) जब सम्म तपाईको शरीर स्वस्थ र नियंत्रणमा छ र मृत्यु टाडा छ, आफ्नो आत्मालाई बचाउने कोशिश गर्नु, जब मृत्यु तपाईको शिरमा आउनेछ तब तपाईके गर्न सक्नु हुन्छ ?

१४) यो कुरालाई ब्यक्त हुन् नदिनु कि तिमी के गर्नलाई सोच्दै छौ, बुद्धिमानीले यसलाई रहस्य बनाई राखनु र त्यो काम गर्नलाई अटल भएर बस्नु

१५) दुष्ट मान्छेको मिठो कुरामा कहिल्यै भरोसा नगर्नु, किनकी उ आफ्नो मूल स्वभाब कहिले छोड्न सक्दैन, जसरि सिंहले कहिले हिंसा छोड्न सक्दैन ।

नोट : तपाईलाई आचार्य चाणक्यका यी प्रेरक भनाईहरु कस्तो लाग्यो ? यदि राम्रो लागेको छ र अरुको जीवनमा पनि यी भनाईहरुले सकारात्मक परिवर्तन ल्याओस र अरुलाई पनि केही गर्न प्रेरित गरोस भन्ने चाहानुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् र सबैमा सकारात्मक सोचको विकास गर्न पनि सहयोग र थप प्रेरणा मिल्नेछ । अनि के थाहा तपाइको एक सेयरको कारण कसैको जीवन बदलियोस ।

Loading...
Loading...
Loading...