डीभीमार्फत अमेरिका पुगेका भरतराज ओलीको मृत्यु

काठमाडौं– डीभी चिट्ठाबाट अमेरिका पुगेका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्रावबाट ज्यान गएको छ ।
गत जून ४ का दिन मस्तिकघात भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षीय ओलीलाई बचाउन शल्यक्रिया गरेता पनि उपचारकै क्रममा उनको आइतबार मृत्यु भएको हो ।
ओली सन् २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा (ईडिभी भिसा) मार्फत अमेरिका पुगेका थिए । उनी दाङ्गका हुन् । नेपालमा उनका आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी छन् । नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अनुसार ओली परिवारमा आयआर्जन गर्ने उनी एक मात्र सदस्य थिए ।
उत्तर क्यारोलाइनाको सामुदायिक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको पहलमा उनको अन्त्येष्टि खर्च जुटाउन गो फण्ड सञ्चालनमा ल्याइएको छ ।
संस्थाले मृतक ओलीको दाह संस्कार तथा नेपालमा रहेका परिवारका लागि सहयोग गर्न गोफन्ड मी आह्वान गरेको हो । गो फन्डको लक्ष्य २५ हजार डलर राखिएको छ भने खाता सञ्चालनमा आएको १७ घण्टामा १९ हजार डलर संकलन भइसकेको संस्थाले जनाएको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...