घरमै बसेर स्वास्थ्य त बिग्रँदै छैन ? ५ मिनेटको यो तरिकाले तपाईँलाई बनाउने छ फिट – Janata Live
  • Friday, June 25, 2021

घरमै बसेर स्वास्थ्य त बिग्रँदै छैन ? ५ मिनेटको यो तरिकाले तपाईँलाई बनाउने छ फिट

  • जनता लाइभ
  • बैशाख ३०, २०७८

घरमै बसेर स्वास्थ्य त बिग्रँदै छैन ? ५ मिनेटको यो तरिकाले तपाईँलाई बनाउने छ फिट

कोरोना महामारीका कारण अहिले देशमा लकडाउन छ । लकडाउन नभएको बेलामा पनि बिहानको चिसोमा भाइरस सङ्क्रमणको जोखिम ज्यादा हुने भएकोले मर्निङवाक लाई पनि त्यति राम्रो मानिँदैन । दिनभरि घरमै भएकाले शारीरिक श्रम त कम हुने नै भइहाल्यो । यसले मानिसको स्वास्थ्य स्थिति बिग्रँदै जाने र शरीर पनि अल्छी हुने सम्भावना ह्वातै बढाइ दिएको छ ।

यही स्थितलाई मध्यनजर गरेर हामीले यहाँ ५ मिनेटको सामान्य कसरतको चर्चा गर्दै छौ जसले हामीलाई फिट र फुर्तिलो राख्न मद्दत गर्दछ ।

५ मिनट वर्क आउट अहिले विश्व भरिनै चर्चामा छ । यसको विधि मानिस अनुसार फरक फरक प्रयोग भएको पाइए पनि हामी यहाँ सामान्य तरिकाको चर्चा गर्ने छौ जसलाई सजिलै सँग भान्सामा पनि अभ्यास गर्न सकिन्छ ।

बिहान उठ्ने बित्तिकै घरको आफूलाई सहज लाग्ने स्थानमा जानुस् । एउटा टेबल (किचनको स्याल्ल वा घरको कौसीमा भएको वाल भए पनि हुन्छ नभए बेडलाई यसमा प्रयोग गर्न सक्नु हुनेछ )मा दुवै दुवै हात राखेर दश पटक पुस अप गर्नु होस ।

अव नबिसाईकनै दुवै हतले पछाडि तिर बाट पुस अप गर्दाको बेलामा जस्तै टेबलमा समाउनु होस र शरीरलाई हातको बलमा तल माथि गराउनुहोस् यो काम पनि दश पटक जति गर्नुहोस् ।

अब आराम नगरीकनै अगाडी फर्केर फेरी टेबल समाउनु होस र खुट्टामा भार पर्ने गरी १० पटक उठ्ने बस्ने गर्नुहोस ।

यसमा ख्याल गर्नु पर्ने कुरा के छ भने यो सबै काम हामीले आफूलाई सहज लाग्ने हिसाबले गर्दै क्रमशः जटिल अभ्यास तिर जान सकिन्छ । जस्तो खुट्टालाई टाढा नजिक राख्ने पुरै बस्न नसके यसलाई हल्का सङ मात्र गर्ने । तपाईँले जसरी गरे पनि मुख्य कुरा गर्नु नै हो ।

अव आफूलाई सिधा अवस्थामा राखेर पैताला को भरमा थोरै माथि तल गर्नुहोस् । यस बेलामा तपाईँको थकान पनि थोरै मेटिन्छ । अव अन्त्यमा सिधा उभिएर दायाँ खुट्टालाई दायाँ हात तिर सिधा पार्ने प्रयास गर्नुहोस् अर्थात् कम्मरको सिधा सम्म लैजानु होस र यो कार्यलाई पनि १० पटक गरेर अर्को खुटा मा पनि त्यही प्रक्रिया दोहराउनु होस ।

यो ५ वटा अभ्यासलाई ५ मिनेट सम्म गर्नु होस आफूलाई नपुगेको जस्तो लागेमा यसलाई १० -११ मिनेट जति पनि गर्न सक्नु हुनेछ । तपाईँलाई १-२ दिनमै यसको फाइदा महसुस हुँदै जाने छ ।

Loading...
Loading...
Loading...

टाइट जीन्स लगाउनुहुन्छ ? यस्ता रोग लाग्न सक्छन् !

काठमाण्डौं– अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस्...

सेक्स गर्दा कोरोना भाइरस सर्छ या सर्दैन ?

काठमाण्डौ– कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ । यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउँन सक्छ ।...

किन अरुसित सल्किन्छन् विवाहित महिला/पुरुष ?

काठमाण्डौ– एक्ट्रा म्यारिटल अफेयर अर्थात बिवाहेत्तर सम्बन्ध । दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ ।...

विवाहित महिलाप्रति पुरुष आकर्षित हुने ५ कारण !

समाजमा पनि युवाहरु अविवाहित युवती भन्दा विवाहित महिलातर्फ बढी आकर्षित हुन्छन् भन्ने मान्यता रहेको पाइन्छ । केहि पहिल गरिएको एक...

महिलाले कसरी चरम सुख कसरी प्राप्त गर्छन् ?

काठमाण्डौं– अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन-जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण...

सेक्स गर्ने चाहना हुँदा युवतीले कस्तो संकेत देखाउछन् ?

महिला र पुरुषको सम्बन्ध सामाजिक रुपमा बिहेले बाँधिदिन्छ भने जैविक रुपमा यौनले। त्यसैले यौन सम्बन्ध नै नारी पुरुष बीचको ‘बोण्ड’हो...

गर्भवती अवस्थामा यौन सम्पर्क नराख्नु बेस

गर्भवती अवस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ? टी दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्योल...

पुरुषले प्रयोग गर्ने कन्डम बढी प्रचलनमा

नेपालमा उपलब्ध गर्भनिरोधक साधनहरूमध्ये कन्डम पनि एक हो । पुरुष र महिलाले प्रयोग गर्न मिल्ने दुई प्रकारका बजारमा उपलब्ध कन्डम...