स्वास्थ्यका दृष्टिकोणले महिलाले कस्तो भित्रिवस्त्र लगाउने? – Janata Live
  • Friday, June 25, 2021

स्वास्थ्यका दृष्टिकोणले महिलाले कस्तो भित्रिवस्त्र लगाउने?

  • जनता लाइभ
  • बैशाख ३०, २०७८

स्वास्थ्यका दृष्टिकोणले महिलाले कस्तो भित्रिवस्त्र लगाउने?

तपाईं आफ्नो शरीर ढाक्न कस्तो खालको कपडा प्रयोग गर्नुहुन्छ? हेर्दा सुन्दर, आकर्षक र आफूलाई सुहाउँदो। एलर्जी नहुने र गुणस्तरीय कपडा नै लगाउनुहुन्छ। धेरै मानिसहरु कपडा खरिद गर्दा धेरै समय लगाएर आफूलाई सुहाउँदो र गुणस्तरीय कपडा छान्ने गर्छन्।

तर, भित्रीवस्त्र? भित्रीवस्त्र (यौनांग छोप्न प्रयोग गरिने कपडा) किन्दा त्यसको गुणस्तरबारे ख्याल गर्नुहुन्छ कि हुँदैन? तपाईंलाई थाहा छ, भित्री अंगका लागि प्रयोग गरिने वस्त्र अझै गुणस्तरीय हुन जरुरी छ।

किनकी तपाईंले प्रयोग गर्ने वस्त्र कमसल वा गुणस्तरहिन भएमा त्यसले तपाईंको यौनांगमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ। संक्रमण हुन सक्ने खतरा रहन्छ। जसका कारण यौनांगमा गम्भीर समस्या निम्तिन सक्छ। त्यसकारण भित्री अंग छोप्न प्रयोग गरिने वस्त्र लगाउँदा विशेष ख्याल गर्न जरुरी हुन्छ। यस्ता कपडा किन्दा महिलाले अझ विशेष ध्इान दिन आवश्यक छ।

पुरुषहरुले पनि भित्रि वस्त्र खरिद गर्दा ध्यान दिन आवश्यक छ। तर तुलनात्मक रुपमा पुरुषमाभन्दा महिलाको यौनांगमा बढी संक्रमणको समस्या देखिने भएकाले कपडा लगाउँदा र खरिद गर्दा बढी नै ध्यान दिन जोड दिइन्छ। त्यसैले यहाँ महिलाले प्रयोग गर्ने भित्री वस्त्र अर्थात पेन्टी कस्तो हुनुपर्छ भन्ने विषयमा जानकारी दिदैछौं।

महिलाले यौनांग छोप्न प्रयोग गर्ने वस्त्र कस्तो हुनुपर्छ ?

१. नरम र आरामदायी

यौनांगमा प्रयोग गरिने पेन्टी नरम र आरामदायी हुनुपर्छ। हाम्रो शरीर फरक–फरक तरिकाले बनेको हुन्छ। शरीरका छालापनि अंगअनुसार फरक–फरक किसिमको हुन्छ। यौनांगमा नरम किसिमको छाला हुन्छ। अन्य अंगको तुलनामा यौनांग बढी नै संवेदनशिल हुने भएकाले कपडा लगाउँदा र किन्दा विशेष ख्याल राख्नुपर्ने हुन्छ। महिलाहरुले पेन्टी लगाउँदा यौनांगलाई असर नपर्ने खालको नरम र आरामदायी पेन्टी लगाउनुपर्छ।

२. हरेक दिन पेन्टी फेर्नुहोस्

यौनांगमा संक्रमण हुने खतरा धेरै भएकाले महिलाले सफा पेन्टी लगाउन आवश्यक हुन्छ। महिलाहरुले पेन्टीलाई हरेक दिन फेर्नुपर्छ।

३. पेन्टी तथा भित्रिवस्त्र घाममा सुकाउनुपर्छ

हाम्रो समाजमा अझै पनि भित्रि वस्त्रका विषयलाई लाजका रुपमा हेरिन्छ। त्यसकारण धेरै महिलाहरुले पेन्टी तथा भित्रि वस्त्रलाई घाममा सुकाउँदैनन्। भित्र कोठामा वा घाम नपर्ने स्थानमा तथा अन्य कपडाले छोपेर यस्ता कपडा सुकाउँदा ती कपडामा फंगस पर्न सक्छ र ती कपडा लगाउँदा संक्रमण हुने डर हुन्छ। त्यसैले महिलाले भित्रि वस्त्रलाई घाममा सुकाउनु पर्छ।

४. आफ्नो लागि मिल्ने साइजको भित्रिवस्त्र खरिद गर्नुपर्छ

भित्री अंगमा लगाउने त हो कसले देख्छ र भन्दै जस्तो पायो त्यस्तै पेन्टी खरिद गर्ने बानी धेरैको हुनसक्छ। तर, पेन्टी खरिद गर्दा आफूलाई मिल्ने साइजको हेरेर मात्र खरिद गनुपर्छ। धेरैजस्तो महिला टिमिक्क परेको पेन्टी खरिद गर्न चाहन्छ। तर यस्ता खालको पेन्टीले छालामा असर पर्न सक्छ। असहज महसुस हुनसक्छ र लामा जलन पैदा हुनसक्छ। त्यसैले आफूलाई ठिक्क हुने खालको पेन्टी किनेर लगाउनुपछ कसैलाई बढी फिटिङ हुने खालको पेन्टी मनपर्न सक्छ। तर, लामो समयसम्म कसिलो पेन्टी प्रयोग गर्दा असर गर्छ। यदी तपाई केही समयको लागि टाइट खालको पेन्टी लगाउनु हुन्छ भने केही समयका लागि ठिकै हुन्छ। तर, ख्याल गर्नुहोस् यदी लामो समयसम्म टाइट पेन्टी प्रयोग गर्दा तपाईंको यौनांगको छालालाई असर पर्नसक्छ।

५. सुतीको कपडाबाट बनेको पेन्टी उपयुक्त हुन्छ

यदी तपाईं सुतीको कपडाबाट बनेको पेन्टी खरिद गर्नुहुन्छ भने त्यो तपाईंको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ। सुतीको कपडा छालाको लागी उपयुक्त र आरामदायी हुन्छ। तर, धेरै महिलाहरु सुतीको कपडाबाट बनेको पेन्टी प्रयोग गर्न रुचाउदैनन्। अन्य कपडाबाट बनेको पेन्टीले तपाईंको यौनांगलाई असर पर्न सक्छ। अन्य कपडाबाट बनेको पेन्टी हेर्दा आकर्षक भएपनि त्यसले तपाईंको कोमल छालालाई असर पार्न सक्छ। त्यसैले सुतीको कपडाबाट बनेको पेन्टी प्रयोग गर्नु उपयुक्त हुन्छ।

६. पसिना सोस्ने खालको पेन्टी प्रयोग गर्नुहोस्

जो महिला शारीरिक व्यायाम गर्छन्, उनीहरुले यस्तो खालको पेन्टी प्रयोग गर्नुपर्छ।। कुनैकुनै पेन्टी प्रयोग गर्दा धेरै पसिना आउने तर नसोस्ने खालको हुनसक्छ। यस्तो खालको पेन्टी प्रयोग गर्दा पसिना एकत्रित भएर तपाईको छालालाई अझै असर पर्न सक्छ।

७. एलर्जी वा जलन हुने खालको प्रयोग गर्नु हुँदैन

महिलाहरुले पेन्टी खरिद गर्दा त्यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने हुन्छ। केहीलाई कपडाको एलर्जी समेत हुनसक्छ। त्यसकारण यस्ता कुरामा ख्याल गर्न आवश्यक छ। छाला पास्ने पेन्टी पनि लगाउनु हुँदैन। सम्भव भएसम्म सुतीको कपडाबाट बनेको पेन्टी प्रयोग गर्नु उपयुक्त हुन्छ। किनकी सुतीको कपडाबाट बनेको पेन्टीले पसिना सोस्छ। जसले गर्दा पसिनामा हुने ब्याक्टेरियाको कारणले हुने एलर्जी तथा जलन कम हुनबाट बच्न सकिन्छ। (ऐजेन्सी)

Loading...
Loading...
Loading...

टाइट जीन्स लगाउनुहुन्छ ? यस्ता रोग लाग्न सक्छन् !

काठमाण्डौं– अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस्...

सेक्स गर्दा कोरोना भाइरस सर्छ या सर्दैन ?

काठमाण्डौ– कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ । यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउँन सक्छ ।...

किन अरुसित सल्किन्छन् विवाहित महिला/पुरुष ?

काठमाण्डौ– एक्ट्रा म्यारिटल अफेयर अर्थात बिवाहेत्तर सम्बन्ध । दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ ।...

विवाहित महिलाप्रति पुरुष आकर्षित हुने ५ कारण !

समाजमा पनि युवाहरु अविवाहित युवती भन्दा विवाहित महिलातर्फ बढी आकर्षित हुन्छन् भन्ने मान्यता रहेको पाइन्छ । केहि पहिल गरिएको एक...

महिलाले कसरी चरम सुख कसरी प्राप्त गर्छन् ?

काठमाण्डौं– अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन-जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण...

सेक्स गर्ने चाहना हुँदा युवतीले कस्तो संकेत देखाउछन् ?

महिला र पुरुषको सम्बन्ध सामाजिक रुपमा बिहेले बाँधिदिन्छ भने जैविक रुपमा यौनले। त्यसैले यौन सम्बन्ध नै नारी पुरुष बीचको ‘बोण्ड’हो...

गर्भवती अवस्थामा यौन सम्पर्क नराख्नु बेस

गर्भवती अवस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ? टी दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्योल...

पुरुषले प्रयोग गर्ने कन्डम बढी प्रचलनमा

नेपालमा उपलब्ध गर्भनिरोधक साधनहरूमध्ये कन्डम पनि एक हो । पुरुष र महिलाले प्रयोग गर्न मिल्ने दुई प्रकारका बजारमा उपलब्ध कन्डम...