नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक – Janata Live
  • Friday, June 25, 2021

नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक

  • जनता लाइभ
  • बैशाख ३०, २०७८

नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक

काठमाडौं –नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् ।

नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका हुन् । कोरोना सङ्क्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी गराएका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएकाबाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् । निश्चित समयका लागि रोक लगाइएको भए पनि समय नतोकिएकाले कति लामो हुने हो भन्न नसकिने पनि दूतावासले जनाएको छ ।

मलेसिया सरकारले यी देशबाट आउने आफ्ना नागरिकलाई समेत अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकको शव पठाउन तथा करार अवधि सकिएका अथवा टिकट लिएका श्रमिकलाई खानबस्न समस्या हुन थालेको दूवावासले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Loading...
Loading...
Loading...

१९ दिने र १३ दिने मन्त्रीसँग थिए थरीथरीका योजना

काठमाडौं– केपी ओली नेतृत्वको कामचलाउ सरकारमा नियुक्त भए पनि २० मन्त्री पदभार सम्हाले लगत्तै दीर्घकालीन योजना कोर्दै थिए । तर, सर्वोच्च...

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं– आज (शुक्रबार) पनि देशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज (शुक्रबार)...

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ । तर, लुम्बिनीमा बस्ने ३१ वर्षे भिक्षु फ्रा मोन्त्री सिङकाङले निषेधाज्ञाको समय शान्ति, करुणा...

सुत्केरी भयो मेलम्ची बाढीमा २२ किलोमिटर बगेको भैँसी

गत असार २ गते सिन्धुपाल्चोकको मेलम्ची खोलाको भीषण बाढीमा बगेर बाँच्न सफल गर्भिणी भैँसी सुत्केरी भएको छ । बुधबार राति...

बलात्कारको प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, सिन्धुपाल्चोकका युवक पक्राउ

काठमाडौं– विभिन्न पशुपंक्षीको आवाज नक्कल गरेर युट्युबमा ‘भाइरल’ बनेकी सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीले...

२ हजार ४७४ संक्रमित थपिए, २ हजार ५१८ संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ५१८ जना...

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

काठमाडौं– कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् ।...

विपक्षी गठबन्धन सडक–संघर्षतिर

काठमाडौं– ‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो...