उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिने – Janata Live
  • Friday, June 25, 2021

उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिने

  • जनता लाइभ
  • बैशाख १८, २०७८

उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिने

काठमाडौं – बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा आदेशमा उल्लंघनका घटना बढेपछि अधिकारीहरुले कडाई गरिने बताएका छन्।

निषेधाज्ञाको अवस्था बुझ्न आज काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली आफै सडकमा निस्किएका थिए।

काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ। तथापी निषेधाज्ञा उल्लंघनका घटना बढेको भन्दै थप कडाई गरिने सिडिओ पराजुलीले बताए।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले भोलिदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाई छ।

‘काठमाडौं उपत्यकाको तीनवटा जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा चेकजाँच कडा भइरहेको छ, आइतबारबाट निषेधाज्ञा अझ धेरै कडा गर्दे लगिनेछ’ पराजुलीले भने।

शनिबार सार्वजनिक बिदाको दिनमा पनि सरकारी गाडी चलेको पाइएकाले अबदेखि ती निकायकै सिफारिसमै गाडी चलाउन अनुमति दिइने पराजुलीले बताए।

शनिवार निषेधाज्ञा उल्लघंन गर्ने करिब १ हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ। सार्वजनिक बिदाको दिनमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको उनले बताए।

Loading...
Loading...
Loading...

कांग्रेसमा पौडेल पक्षमा पनि सभापतिका आधा दर्जन आकांक्षी, आज बैठक बस्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा चुनावी सरगर्मी दिनहुँ बढ्दो छ । १४ महाधिवेशनको मिति तय भएसँगै कांग्रेसका चुनावी माहौंल...

१९ दिने र १३ दिने मन्त्रीसँग थिए थरीथरीका योजना

काठमाडौं– केपी ओली नेतृत्वको कामचलाउ सरकारमा नियुक्त भए पनि २० मन्त्री पदभार सम्हाले लगत्तै दीर्घकालीन योजना कोर्दै थिए । तर, सर्वोच्च...

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं– आज (शुक्रबार) पनि देशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज (शुक्रबार)...

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ । तर, लुम्बिनीमा बस्ने ३१ वर्षे भिक्षु फ्रा मोन्त्री सिङकाङले निषेधाज्ञाको समय शान्ति, करुणा...

सुत्केरी भयो मेलम्ची बाढीमा २२ किलोमिटर बगेको भैँसी

गत असार २ गते सिन्धुपाल्चोकको मेलम्ची खोलाको भीषण बाढीमा बगेर बाँच्न सफल गर्भिणी भैँसी सुत्केरी भएको छ । बुधबार राति...

बलात्कारको प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, सिन्धुपाल्चोकका युवक पक्राउ

काठमाडौं– विभिन्न पशुपंक्षीको आवाज नक्कल गरेर युट्युबमा ‘भाइरल’ बनेकी सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीले...

२ हजार ४७४ संक्रमित थपिए, २ हजार ५१८ संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ५१८ जना...

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

काठमाडौं– कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् ।...