संक्रमण फैलिने दर डरलाग्दो – Janata Live
  • Friday, June 25, 2021

संक्रमण फैलिने दर डरलाग्दो

  • जनता लाइभ
  • बैशाख १८, २०७८

संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं –देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ ।

अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् ।

केही कोभिड अस्पतालले भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै सूचनासमेत जारी गरेका छन् । गम्भीर संक्रमितका आफन्तले भेन्टिलेटर पाउन मृत्यु कि डिस्चार्ज कुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘भेन्टिलेटर पाउन त मृत्यु र डिस्चार्जमध्ये एउटा कुनुपर्ने रहेछ ।

भेन्टिलेटर नै नपाइने भएपछि निजी अस्पताल रेफर गर्नुप-यो ।’ सबैभन्दा धेरै बाग्मती प्रदेशमा आईसीयूमा १ सय ४४ र भेन्टिलेटरमा ७२ जना संक्रमित उपचाररत छन् । प्रदेश एकमा ४० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा नौ जना आईसीयू र दुइ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ८४ जना आईसीयू र २० जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २७ जना आईसीयू र सात जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २२ जना आईसीयू र सात जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्तमान स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेको भन्दै सचेत रहन आमसर्वसाधारणलाई अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शया उपलब्ध नहुने अवस्था आइसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले संक्रमण फैलिने दर डरलाग्दो गरी अघि बढिरहेको बताए । यो समाचार राजधानी दैनिकमा छ ।

Loading...
Loading...
Loading...

१९ दिने र १३ दिने मन्त्रीसँग थिए थरीथरीका योजना

काठमाडौं– केपी ओली नेतृत्वको कामचलाउ सरकारमा नियुक्त भए पनि २० मन्त्री पदभार सम्हाले लगत्तै दीर्घकालीन योजना कोर्दै थिए । तर, सर्वोच्च...

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं– आज (शुक्रबार) पनि देशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज (शुक्रबार)...

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ । तर, लुम्बिनीमा बस्ने ३१ वर्षे भिक्षु फ्रा मोन्त्री सिङकाङले निषेधाज्ञाको समय शान्ति, करुणा...

सुत्केरी भयो मेलम्ची बाढीमा २२ किलोमिटर बगेको भैँसी

गत असार २ गते सिन्धुपाल्चोकको मेलम्ची खोलाको भीषण बाढीमा बगेर बाँच्न सफल गर्भिणी भैँसी सुत्केरी भएको छ । बुधबार राति...

बलात्कारको प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, सिन्धुपाल्चोकका युवक पक्राउ

काठमाडौं– विभिन्न पशुपंक्षीको आवाज नक्कल गरेर युट्युबमा ‘भाइरल’ बनेकी सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीले...

२ हजार ४७४ संक्रमित थपिए, २ हजार ५१८ संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ५१८ जना...

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

काठमाडौं– कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् ।...

विपक्षी गठबन्धन सडक–संघर्षतिर

काठमाडौं– ‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो...