चार हजार ५ सय २४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु – Janata Live
  • Friday, June 25, 2021

चार हजार ५ सय २४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

  • जनता लाइभ
  • बैशाख १४, २०७८

चार हजार ५ सय २४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा पछिल्लो ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ४ हजार ३ सय ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा मात्रै १ हजार ९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ६ सय २, भक्तपुरमा १ सय २४ र ललितपुरमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

१४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । थपिएको संख्या संगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका मन्त्रालयले जानकारी दिएको छ । हाल सम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

Loading...
Loading...
Loading...

काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि लम्ब्याउने तयारी

काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याउने तयारी गरेको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि असार १४ गते...

१९ दिने र १३ दिने मन्त्रीसँग थिए थरीथरीका योजना

काठमाडौं– केपी ओली नेतृत्वको कामचलाउ सरकारमा नियुक्त भए पनि २० मन्त्री पदभार सम्हाले लगत्तै दीर्घकालीन योजना कोर्दै थिए । तर, सर्वोच्च...

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं– आज (शुक्रबार) पनि देशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज (शुक्रबार)...

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ । तर, लुम्बिनीमा बस्ने ३१ वर्षे भिक्षु फ्रा मोन्त्री सिङकाङले निषेधाज्ञाको समय शान्ति, करुणा...

सुत्केरी भयो मेलम्ची बाढीमा २२ किलोमिटर बगेको भैँसी

गत असार २ गते सिन्धुपाल्चोकको मेलम्ची खोलाको भीषण बाढीमा बगेर बाँच्न सफल गर्भिणी भैँसी सुत्केरी भएको छ । बुधबार राति...

बलात्कारको प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, सिन्धुपाल्चोकका युवक पक्राउ

काठमाडौं– विभिन्न पशुपंक्षीको आवाज नक्कल गरेर युट्युबमा ‘भाइरल’ बनेकी सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीले...

२ हजार ४७४ संक्रमित थपिए, २ हजार ५१८ संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ५१८ जना...

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

काठमाडौं– कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् ।...