बहुमत खण्डित, सरकारमा संकट – Janata Live
  • Friday, May 14, 2021

बहुमत खण्डित, सरकारमा संकट

  • जनता लाइभ
  • चैत २९, २०७७

बहुमत खण्डित, सरकारमा संकट

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश सरकार अप्ठेरोमा परेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भइ नेकपा बनेपछि उसैको नेतृत्वमा संघ र ६ वटा प्रदेशमा सरकार बनेका थिए । एकीकृत दुई पार्टी अलगअलग भइ बहुमत खण्डित भएपछि संघीय र प्रदेश सरकार दुवै अप्ठेरोमा परेको खबर नागरिक दैनिकमा छ ।

पूर्ववत् अवस्थामा फर्किएपछि माओवादी केन्द्रले संघीय सरकार परिवर्तनका लागि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग वार्ता गरिरहेको छ । उसले अर्को प्रतिपक्षी जनता समाजवादी पार्टी ९जसपा० सँग पनि वार्ता गरिरहेको छ ।

जसपासँगको वार्ता उपलब्धिमूलक बन्न सकेको छैन । काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास सुरु गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले शनिबार केही दिनमै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।

एमालेभित्रको विवादको फाइदा उठाउँदै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । अविश्वासको प्रस्ताव ल्याउँदा पास हुने सुनिश्चित नभएपछि उसले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

Loading...
Loading...
Loading...

माधव कुमार नेपाल पुरानै अडानमा

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफुहरु पुरानै अडानमा यथावत रहेको बताउनुभएको छ । पछिल्लो समय...

काँग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं –नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण...

के भयो चपली हाइटमा ?

काठमाडौं –सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको...

देउवाः दिनभर दौडधुप साँझ शिथिल

काठमाडौं –प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ ।...

एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री

काठमाडौं –कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी...

कांग्रेस-माओवादीले वैकल्पिक सरकारमा दावी नगर्ने, ओली फेरि प्रधानमन्त्री

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनका लागि दावी नगर्ने भएका छन् । सरकार...

केपी ओली र माधव नेपाल बिच यस्तो भयो सहमति

नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओली र...

बुढानीलकण्ठ बाटै प्रधानमन्त्रीको फैसला !

काठमाडौँ – बुढानीलकण्ठमा यति बेला दुई वार्ता चलिरहेका छन् जसले नेपालको प्रधानमन्त्रीको हुनेछ भनेर फैसला गर्ने छ । बुढानीलकण्ठ स्थित...