पछिल्लो २४ घण्टामा ३३७ जनामा संक्रमण पुष्टि – Janata Live
  • Friday, May 14, 2021

पछिल्लो २४ घण्टामा ३३७ जनामा संक्रमण पुष्टि

  • जनता लाइभ
  • चैत २८, २०७७

पछिल्लो २४ घण्टामा ३३७ जनामा संक्रमण पुष्टि

काठमाडौं –पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार सो संख्या बढेर ३३७ जना पुगेको हो । यसअघि बिहीबार ३३२ जनामा संक्रमण पुष्टि भएको थियो ।

छिमेकी देश भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सो बीचमा १ जनाको मृत्यु भएको छ भने १५१ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । यस्तै हालसम्म ३ हजार ३९ जनाको मृत्यु हुँदा सक्रिय संक्रमित २८ सय जना रहेका छन् ।

Loading...
Loading...
Loading...

के भयो चपली हाइटमा ?

काठमाडौं –सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको...

नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक

काठमाडौं –नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा...

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं –काठमाडौं उपत्यकामा आज (बिहीबार) बाट थप दुई सात निषेधाज्ञा लागू भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र...

दोब्बर मूल्यमा सर्जिकल मास्क बेच्नेलाई जरिवाना

काठमाडौं –वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई...

उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिने

काठमाडौं – बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा आदेशमा उल्लंघनका घटना बढेपछि अधिकारीहरुले कडाई गरिने बताएका छन्। निषेधाज्ञाको...

संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं –देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले...

आजबाट निषेधाज्ञामा थप कडाइ हुने

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ हुने भएको छ । निषेधाज्ञामा पनि...

चार हजार ५ सय २४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा पछिल्लो ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...