राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण – Janata Live
  • Friday, May 14, 2021

राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

  • जनता लाइभ
  • चैत २८, २०७७

राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

काठमाडौं, २८ चैत । पूर्व सहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे ‘सुप्रबल जनसेवाश्री तृतीय’ । ‘सुशोभन समारोह’ । राष्ट्रपतिको कार्यलय परिसर ।

सँगै घाँटीमा ‘सुप्रबल जनसेवाश्री तृतीय’ विभुषण भिरेर राष्ट्रपति भवन शीतल निवास अगाडि उनी उभिएको पूर्ण कदको तस्बिर पोष्ट गरिएको थियो । संविधानको धारा ९ (२) मा नेपालको निसाना छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुनेछ भनिएको छ ।

सरकारले लिम्पियाधुरासम्मकै भूभाग समेटेर गत जेठमा जारी गरेको नक्साअनुसार गत असार ४ मा संविधानको अनुसूची ३ संशोधन गरिएको छ । संविधानको संरक्षक राष्ट्रपति हुने संविधानमा उल्लेख छ । संविधान संशोधनपछि पनि चलनचल्तीमा चुच्चे नक्सा नै छ ।

गलत नक्सा भएको विभूषण राष्ट्रपतिबाटै वितरण गरिनु लापरबाही भएको पूर्वप्रशासक र सुरक्षा मामिलाका जानकारहरु बताउँछन् । गलत नक्सा भएको विभूषण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर श्रेष्ठलगायतले समेत ग्रहण गरेका छन् ।

निजामति, जंगी, प्रहरी, न्याय, संसद, राजनीतिज्ञ, विभिन्न पेसा व्यवसायमा आबद्धलगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको हो । उपप्रधानमन्त्री (त्यसबेला रक्षामन्त्री पनि) ईश्वर पोखरेलको अध्यक्षतानमा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, र इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफरिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्तिपरिषदबाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रबार विभूषण बाँडिएको हो ।

त्यही वर्षको संविधान दिवस (असोज ३) मा राष्ट्रपति कार्यालयले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गरेको थियो । गृह मन्त्रालयले कोरोना महामारीका कारण गत वर्ष प्रदान गर्न नपाएका विभूषण भएकाले पुरानै नक्सासहितको लोगो परेको जिकिर गरेको छ । गृह प्रवक्ता चक्रबहादुर बुढाले शुक्रबार राष्ट्रपतिबाट वितरण गरिएका विभूषण नयाँ नक्सा जारी हुनुपूर्व बनाइएकाले लिम्पियाधुरासम्मको भूभाग नसमेटिएको बताए । ‘यी विभूषण २०७७ वैशाखअघि नै बनाइएका हुन्,’ उनले भने ।

पुरानै नक्सा भएका विभूषण सरकारले रद्द गर्न सक्तैनथ्यो भन्ने प्रश्नमा उनले भने, ‘नयाँ नक्सा जारीपछि बनेका विभूषणमा लिम्पियाधुरा समेटिएको नक्सा हुनेछ । गत वर्ष नक्सा जारी भएकै थिएन । पुरानै डिजाइनमा बनेका र गत वर्ष सिफारिस गरिएकालाई नै प्रदान गरिएकाले अरू बोलिरहनुपर्छ जस्तो लाग्दैन ।’ कान्तिपुर दैनिकबाट

Loading...
Loading...
Loading...

के भयो चपली हाइटमा ?

काठमाडौं –सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको...

नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक

काठमाडौं –नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा...

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं –काठमाडौं उपत्यकामा आज (बिहीबार) बाट थप दुई सात निषेधाज्ञा लागू भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र...

दोब्बर मूल्यमा सर्जिकल मास्क बेच्नेलाई जरिवाना

काठमाडौं –वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई...

उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिने

काठमाडौं – बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा आदेशमा उल्लंघनका घटना बढेपछि अधिकारीहरुले कडाई गरिने बताएका छन्। निषेधाज्ञाको...

संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं –देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले...

आजबाट निषेधाज्ञामा थप कडाइ हुने

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ हुने भएको छ । निषेधाज्ञामा पनि...

चार हजार ५ सय २४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा पछिल्लो ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...