यी गल्ती गर्दा तपाईलाई चाँडै लाग्छ बुँढ्यौली – Janata Live
  • Friday, May 14, 2021

यी गल्ती गर्दा तपाईलाई चाँडै लाग्छ बुँढ्यौली

  • जनता लाइभ
  • चैत २७, २०७७

यी गल्ती गर्दा तपाईलाई चाँडै लाग्छ बुँढ्यौली

काठमाडौं – पछिल्लो समय मानिसको दैनिकी फेरिएको छ । जसका कारण मानिसहरु व्यस्त बन्ने खानपानमा ध्यान नदिँने जस्ता समस्याका कारण मानिसहरु बिरामी परिरहेका छन् ।

व्यस्त जीवनमा मानिसलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्ने फुर्सद छैन । त्यसैले उनीहरू जंक फूडमा झुम्मिन्छन् । यस्ता फास्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन् ।

यस्ता कुराको सेवनले छिट्टो बूढो भइन्छ । बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला भित्र घुस्छ अनि चाउरी पर्छ ।

आजकल युवाहरूमा पनि यी सब लक्षण देखिन्छन् । यहाँ हामी केही यस्ता कारण बताउँदैछौं जसकारण समयअगावै बुढ्यौली आइलाग्छ । त्यसबाट बच्नुभयो भने जवान भइरहिन्छ ।

धेर पानी पिउँदा

धेर पानी पिउँदा स्वस्थ भइन्छ भन्ने मानिसहरू ठान्छन् । तर धेर पानी पिउँदा मिर्गौलामा दबाब पर्छ र उनीहरूले धेर काम गर्नुपर्छ । पछि गएर उनीहरूको काम गर्ने क्षमता नै गुम्दै जान्छ ।

राति उठ्ने

आजकलका मानिस राति उठ्छन् अनि दिउँसो सुत्छन् । राति ढिलोसम्म मोबाइल खेलाएर बस्ने मान्छेहरू छिट्टो बिरामी हुन्छन् । प्रकृतिले नै हाम्रो शरीरलाई छिट्टो सुत्न र छिट्टो उठ्न लगाउँछ । प्रकृतिको नियमलाई उल्लंघन गर्दा छिटो बूढो भइन्छ । राति ढिलोसम्म सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । यसले गर्दा दिमाग पनि थाकेको जस्तो हुन्छ ।

मसलायुक्त खानेकुरा

धेर मसला हालेको खानेकुरा पचाउनका लागि शरीरले धेर मेहनत गर्नुपर्छ । धेरै मानिस खानेकुरालाई ठीक तरिकाले चबाउँदैनन् । त्यसले गर्दा उनीहरूको आन्द्रामा अतिरिक्त भार पर्छ । शरीरको ऊर्जा धेर खर्च भएर छिट्टै बुढ्यौली आउँछ ।

शारीरिक निष्क्रियता

आजकलका मानिस शारीरिक मेहनत कम गर्छन् । पसिना बगाउनै चाहँदैनन् उनीहरू । यसकारण शरीरका कोशिकाहरूमा अवाञ्छित परिवर्तन आउँछ ।

मलत्यागमा अनियमितता

केही मानिसहरू पिसाब वा दिसा रोकिबस्छन् । यसो गर्दा मिर्गौला र आन्द्रामा दबाब पर्छ । यो बानी पछि गएर गम्भीर रोगमा परिणत हुन्छ ।

डिप्रेसन, धेरै नूनको सेवन र नशाका कारण पनि छिट्टै बुढ्यौली आउँछ ।

तपाईं सधैं जवान रहन चाहनुहुन्छ भने माथि बताइएका कुरामा विचार पु–याउनुस् ।

Loading...
Loading...
Loading...

घरमै बसेर स्वास्थ्य त बिग्रँदै छैन ? ५ मिनेटको यो तरिकाले तपाईँलाई बनाउने छ फिट

कोरोना महामारीका कारण अहिले देशमा लकडाउन छ । लकडाउन नभएको बेलामा पनि बिहानको चिसोमा भाइरस सङ्क्रमणको जोखिम ज्यादा हुने भएकोले...

स्वास्थ्यका दृष्टिकोणले महिलाले कस्तो भित्रिवस्त्र लगाउने?

तपाईं आफ्नो शरीर ढाक्न कस्तो खालको कपडा प्रयोग गर्नुहुन्छ? हेर्दा सुन्दर, आकर्षक र आफूलाई सुहाउँदो। एलर्जी नहुने र गुणस्तरीय कपडा...

होम आइसोलेसनमा बस्दा यी १६ उपाय अपनाऔं

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा...

निषेधाज्ञामा मानसिक स्वास्थ्यको स्याहार गर्ने ९ उपाय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञामा मानसिक समस्या बढ्न सक्ने भन्दै सचेत रहन सुझाव दिएको छ। मन्त्रालयले मानसिक स्वास्थ्यको स्याहार...

सुत्केरी महिलाका लागि पोषिलो सुत्केरी सुप कसरी बनाउने ?

सुत्केरी अवस्था महिलाको लागि विशेष संवेदनशिल र जोखिम अवस्था हो। यस अवस्थामा महिलाको लागि साधारण अवस्थामा भन्दा २५ प्रतिशत बढी...

पेटको बोसो घटाउन के गर्ने ? यस्ता छन घरेलु उपाय

अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, स्वास्थ्य भन्दा स्वादलाई प्रथामिकता व्यायाममा वेवास्ता लगाएतका कारणले अहिले थुप्रै मानिसको समस्या बनेको छ पेट लाग्नु...

ग्यास्ट्रिकले हैरान हुनुहुन्छ, यसरी गर्न सकिन्छ आयुर्वेदिक उपचार

काठमाडौं – धेरै नेपाली ग्यास्ट्रिकबाट पीडित हुने गरेका छन् । खानपानको सही व्यवस्थापन नहुँदा यस्ता समस्या देखा पर्ने गरेको चिकित्सक...

अनुहार र छालाको चमक बढाउने घरेलु ८ टिप्स

राम्रो बन्ने चाहना सबैको हुन्छ । त्यसका लागि धेरैले प्रयास गरिरहेका हुन्छन् । विशेष गरि राम्रो बन्नका लागि युवतीहरुले प्रयत्न...