स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम – Janata Live
  • Friday, May 14, 2021

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम

  • जनता लाइभ
  • चैत २७, २०७७

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।

मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उनको भनाइ थियो । उनले भने ‘अहिले जुन भिडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पुरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जना भन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ । त्यो पनि अब कति दिनपछि नगर्नुस भन्नुपर्ने अवस्था आउन सक्छ । जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भिडभाड, ठूलाठूला ग्यादरिङहरु सबै बन्दगर्नुपर्छ भनेर हामीले भनेका छौं ।’

अहिले छिटपुट रुपमा कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गएको र अस्पतालमा आइसियुमा विरामीहरु धेरै नै भर्ना भइसकेको उनको भनाइ छ । उनले भने,‘ अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो । अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौं भने फेरी संक्रमण एकदम बढेर जान्छ’ उनले भने ।

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए । त्यसका लागि भिडभाड नगर्ने, दूरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताए । यस्तै भिडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि बताए ।

उनले भने ‘कहिँ न कहिँ कोरोना सर्ने जुन साइकल छ, ट्रास्मिसन हुने जुन चेन छ त्यसलाई ब्रेक गर्नुपर्छ । त्यो ब्रेक गर्नु भनेको भिडभाड नगर्ने, दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने, र लक्षण देखियो भने तुरुन्त जाँच गराएर उपचार पनि गर्ने, त्यो गर्नका लागि हामीले भिडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड फलो गरेर गर्नचाहिं मिल्छ तर त्यो भनेको के हो भने भिडभाड नगरेर डिस्टेन्स कायम नगरीकन अब कुनैपनि काम गर्न मिल्दैन भनेको हो ।’

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा सङ्कास्पद देखिएका विरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन गर्ने कार्यलाई तिब्रता दिएको पनि प्रवक्ता गौतमले बताए ।

नाकामा र अन्त संकास्पद देखिएका ठाउँमा हामी एन्टिजेन टेस्ट ग-यो भने हामी छिटो व्यवस्थापन गर्न सकिन्छ । जो पोजेटिभ आयो उसलाई आइसोलेसनमा पठाउने, लक्षण छ भने अस्पतालमा र लक्षण छैन भने घरमा, सम्भव भएन भने आइसोलेसन सेन्टरमा पठाउने र जो नेगेटिभ आयो उसलाई घरमै क्वारेन्टाइनमा बस्नु भनेर पठाउने, पाँचवटा मास्क पनि दिएर पठाउने, १० वटा मास्क दिएर पठाउनु भनेका थियौं हामीले कतिपय ठाउँमा मास्कको पनि सप्लाई हुँदैहोला, पाँचवटा दिएर पठाएको भन्ने रिपोर्ट आएको छ । त्यसरी पठाउने एउटा सीमा को कुरा यो भयो ।’

पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको पनि प्रवक्ता गौतमले बताए । त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै विरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि बताए । उनले भने ‘लक्षणहरु उस्तै हो तर लक्षणहरु अलि सिरियस, जटिल लक्षणहरु देखिराखेको छन् ।

मान्छेहरु विरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने विरामीहरुको संख्या ह्वात्तै बढेको छ । त्यसको मतलब संक्रमण भएकाहरुमा जटिल क्षणहरु धेरै देखिएको छ । जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका मान्छेहरुमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ ।’

गतवर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौतले बताए । गत वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केहीपनि थाहा नभएको तर यसपटक औषधि भन्दा पनि अक्सिजन र रोगसँग लडनुपर्ने अन्य सामग्रीहरुको जोहो गर्नुपर्छ भन्ने थाहा भएकोले सोही अनुसारको तयारी गरिएको बताए ।

Loading...
Loading...
Loading...

६,१३५ संक्रमित निको, ८,५२० नयाँ थपिए, २०३ जनाको मृत्यु

काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा ८,५२० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६,१३५ जना संक्रमणमुक्त भएका छन् ।...

गण्डकीमा एकै दिन २३ संक्रमितको मृत्यु, ६८० नयाँ संक्रमित थपिए

पोखरा– कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एकै दिन थप २३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी कास्कीका...

के भयो चपली हाइटमा ?

काठमाडौं –सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको...

केपी ओली र माधव नेपाल बिच यस्तो भयो सहमति

नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओली र...

पाँच हजार ५५ कोरोना संक्रमित निको, ८,९६० संक्रमित थपिए, २१४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या...

नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक

काठमाडौं –नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा...

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं –काठमाडौं उपत्यकामा आज (बिहीबार) बाट थप दुई सात निषेधाज्ञा लागू भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र...

दोब्बर मूल्यमा सर्जिकल मास्क बेच्नेलाई जरिवाना

काठमाडौं –वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई...