कोरोना सङ्क्रमितको उपचारमा रोबर्ट – Janata Live
  • Sunday, April 11, 2021

कोरोना सङ्क्रमितको उपचारमा रोबर्ट

  • जनता लाइभ
  • कार्तिक २५, २०७७

कोरोना सङ्क्रमितको उपचारमा रोबर्ट

भक्तपुर – मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट प्रयोग गर्दै आएको छ ।
अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितका लागि नर्सिङ रोबर्ट सारथि बन्नुका साथै यसको प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिका लागि सहज भएको छ ।

कोरोना सङ्क्रमितसँग डाक्टर, नर्स लगायतका अन्य व्यक्तिको सम्पर्क कम होस् भन्नका लागि नगरपालिकाले नगर अस्पतालमा नर्सिङ रोबर्ट प्रयोगमा ल्याएको हो । अस्पतालले नर्सिङ रोबर्ट सञ्चालनमा ल्याएसँगै डाक्टर, नर्स र अस्पतालमा सेवा लिन आउने व्यक्तिले सुरक्षित महसुस गरेका छन् । सङ्क्रमितलाई आवश्यक पर्ने खाना, पानी, लत्ताकपडा, औषधि लगायतका वस्तु बाहिर ढोकैमा राख्ने र निर्देशन अनुसार रोबर्टले ढोकादेखि बिरामीको बेडसम्म पु¥याउने गरेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा नर्सिङ रोबर्टको प्रयोगले सङ्क्रमितलाई सामान पु¥याउन र औषधि प्रयोग गर्न सहज भएको बताए । रोबर्टमार्फत सेवा दिने यो नेपालकै पहिलो अस्पताल भएको दाबी गरिएको छ ।

उनले भने, “नेपालकै इन्जिनियरले बनाएको नर्सिङ रोबर्टको प्रयोगले अस्पतालमा स्वास्थ्यकर्मीलाई सहयोग पुगेको छ, रोबर्टको प्रयोगले सङ्क्रमितको उपचारमा सारथि बन्दै गएको छ ।” आगामी दिनमा रोबर्टको प्रयोगलाई थप प्रभावकारी बनाउने अस्पतालले तयारी गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

Loading...
Loading...
Loading...

पछिल्लो २४ घण्टामा ३३७ जनामा संक्रमण पुष्टि

काठमाडौं –पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार...

राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

काठमाडौं, २८ चैत । पूर्व सहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे ‘सुप्रबल जनसेवाश्री...

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ...