हिन्दू धर्ममा मंगलबार किन विषेश छ ? – Janata Live
  • Sunday, April 11, 2021

हिन्दू धर्ममा मंगलबार किन विषेश छ ?

  • जनता लाइभ
  • कार्तिक २४, २०७७

हिन्दू धर्ममा मंगलबार किन विषेश छ ?

काठमाडौं– हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ ।

मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा धारण गर्नु पर्छ । मंगलबारको व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ । मंगलबार गणेश भगवानको आराधना गर्दा ‘ॐ भौमाय नमः’ मन्त्रसहित जप गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फल दान गर्नुपर्दछ ।

यसका साथै मंगलबारको दिन हनुमान जीको उपासनाका लागि उत्तम मानिन्छ । हनुमान वास्तवमा मंगलको पनि अरिष्टदेवता हुन् । हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ । सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौराणिक कथाहरुमा उल्लेख छ ।

एक निश्चिल हृदय (छलकपटरहित) का देवताका रुपमा हनुमानलाई लिइन्छ । जीवनभर अविवाहित रही ब्रह्मचार्य प्राप्त योगी अथवा साधुको रुपमा पनि हनुमानलाई चिनिन्छ । मंगलबारको व्रत कथामा एक ब्राह्मणीले हनुमानको उपासना गरेकै कारण ‘मंगल’ नामक पुत्र प्राप्त गरेको धार्मिक कथामा उल्लेख छ ।

बदाम रातभर भिजाएर खानुका फाइदा

शरीरलाई फिट राख्न सबैभन्दा उपयुक्त खानेकुरा हो, बदाम(मधेशी बदाम)।

मधेशी बदाममा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइन्छ। यसमा क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत हुन्छ। फाइबरयुक्त भएकाले बदाम मुटुका लागि समेत राम्रो मानिन्छ। मधेशी बदाम सेवनले दाँत एवं हड्डी बलियो हुन्छ।

बेलुका भिजाएको बदाम बिहान खाँदा पूरै दिन यसले शरीरमा शक्ति प्रदान गर्छ। यस्तो बदाम खाने सही समय बिहानको खाजा खानुभन्दा अघि हो। अथवा अन्य कुनैपनि बेला खान सकिन्छ ।

भिजाउँदा बदाममा नरमपन आउँछ र यसमा रहेको बाहिरी पत्र सजिलैसँग यसबाट बाहिर आउँछ। यसलाई बच्चा वा वृद्ध उमेरकाले पनि सजिलैसँग खान सक्छन्।

Loading...
Loading...
Loading...

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

आज चैत २९ गते आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष राशि (चु, चे, चो, ला,...

आइतबारको दिनमा मुक्तीनाथको दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वासका साथ २०७७ साल चैत्र २९ गतेको राशिफल पढ्नुहोस्

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुँदा मान...

दुप्चेश्वर महादेवको दर्शन गर्दै पढ्नुहोस् राशिफल, भोलि यी ४ राशिको दिन सुभ छ !

मेष- धार्मिक काममा खर्च हुनेछ। मित्रको सुख मिल्ने एवम् पारिवारिक भेटघाट रहनेछ। सन्तानको सुख मिल्ने एवम् वैदेशिक सहायता आउनेछ ।...

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

२०७७ चैत २८ गते शनिबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा...

शनिबार शनीदोश हटाउन भगवान सनि संकटा देबीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ ।...

राम्रो छ यी ४ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरीरहेको कार्यको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।...