शिब भगवान कैलास पर्वतमा साक्षत देख्नु भयो भने दर्शन गर्नुहोस् – Janata Live
  • Sunday, April 11, 2021

शिब भगवान कैलास पर्वतमा साक्षत देख्नु भयो भने दर्शन गर्नुहोस्

  • जनता लाइभ
  • कार्तिक २४, २०७७

शिब भगवान कैलास पर्वतमा साक्षत देख्नु भयो भने दर्शन गर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुची बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ भने अरुकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाइलो वातावरमा पनि मन खिन्न हुनेछ । साथीभाइ तथा आफन्तसँग विवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यवसायम समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाढिने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँले शुरु गरेको काममा आफन्त तथा दाजुभाइहरुको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट न्यून लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित विषयहरु तपाईँ आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलाई पछि पार्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने न्यून रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पति राम्रोसँग परिचालन गर्नको लागि केही समय पर्खनु होला । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । व्यवसायमा लगानी गर्नको लागि केही समय पर्खनु होला । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरामाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरुको आसा नगर्नुहोला । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्याक्तिहरुकको धन सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेकोछ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा सामान्य वृद्धि हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पती तथा सरकारी सम्पतिको प्रयोग गर्न पाइने हुदा मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइ विद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसायमा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना कारोबारहरुलाई सल्टाउँने समय रहेकोछ । सत्रुले दुख दिन खोजे पनि अन्तत उनीहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईँकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।तपाईको दिन शुभ रहोस् ।

Loading...
Loading...
Loading...

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

आज चैत २९ गते आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष राशि (चु, चे, चो, ला,...

आइतबारको दिनमा मुक्तीनाथको दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वासका साथ २०७७ साल चैत्र २९ गतेको राशिफल पढ्नुहोस्

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुँदा मान...

दुप्चेश्वर महादेवको दर्शन गर्दै पढ्नुहोस् राशिफल, भोलि यी ४ राशिको दिन सुभ छ !

मेष- धार्मिक काममा खर्च हुनेछ। मित्रको सुख मिल्ने एवम् पारिवारिक भेटघाट रहनेछ। सन्तानको सुख मिल्ने एवम् वैदेशिक सहायता आउनेछ ।...

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

२०७७ चैत २८ गते शनिबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा...

शनिबार शनीदोश हटाउन भगवान सनि संकटा देबीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ ।...

राम्रो छ यी ४ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरीरहेको कार्यको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।...