सम्बन्ध सुधारेर अघि बढ्न ओलीको प्रस्ताव – Janata Live
  • Sunday, April 11, 2021

सम्बन्ध सुधारेर अघि बढ्न ओलीको प्रस्ताव

  • जनता लाइभ
  • कार्तिक २४, २०७७

सम्बन्ध सुधारेर अघि बढ्न ओलीको प्रस्ताव

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली र नेपालको सम्बन्ध चिसिँदै आइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले नै सम्बन्ध सुधारेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको मतभेद बढिरहेको समयमा प्रधानमन्त्री ओलीले पार्टीभित्र बहुमत जुटाउन वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रस्ताव गरेका हुन् । ओलीले सहकार्यका लागि नेपाललाई प्रस्ताव गरे पनि सहमति हुन सकिरहेको छैन ।

अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग भेटेर शनिबार लिखित रूपमै सचिवालय बैठक बस्नुपर्ने आग्रह गरेको भोलिपल्ट (आइतबार) ओली र नेपालबीच छलफल भएको छ ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच तीन घण्टा लामो छलफल भएको छ । छलफलका लागि ओलीले नेपाललाई एक्लै बोलाए पनि उनी आफू निकटका स्थायी कमिटी सदस्यत्रय भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई सँगै लिएर बालुवाटार पुगेका थिए । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

Loading...
Loading...
Loading...

‘लभ परिराख्या बेला अदालतले जबरजस्ती डिभोर्स दिँदा घर फर्कन पर्‍यो’

काठमाडौं, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको...

बहुमत खण्डित, सरकारमा संकट

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश...

कांग्रेसको प्रस्ताव : आफ्नै नेतृत्वमा सरकार

काठमाडौं, २८ चैत । कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको...

संसदमा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट...

ललिता निवास प्रकरण : गच्छदारको मुद्दा पेसीमा

काठमाडौं–ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षपछि विशेष अदालत म्याद तामेलीको बारेमा निर्णय गर्न पेसीमा चढाएको...