थप ३,११४ जनामा कोरोना संक्रमण, ३,१४२ जना निको – Janata Live
  • Sunday, April 11, 2021

थप ३,११४ जनामा कोरोना संक्रमण, ३,१४२ जना निको

  • जनता लाइभ
  • कार्तिक १८, २०७७

थप ३,११४ जनामा कोरोना संक्रमण, ३,१४२ जना निको

काठमाडौं, १८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको १ लाख ४१ हजार १३४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ४७६ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना छन् ।

Loading...
Loading...
Loading...

संसदमा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट...

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ...

ललिता निवास प्रकरण : गच्छदारको मुद्दा पेसीमा

काठमाडौं–ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षपछि विशेष अदालत म्याद तामेलीको बारेमा निर्णय गर्न पेसीमा चढाएको...