कोरोना बिमा : एक अर्ब रुपैयाँ बढी प्रिमियम संकलन, १४ सयको मात्र दाबी भुक्तानी

काठमाडौं । संक्रमित जनताको निःशुल्क उपचारका चौतर्फी ढोका बन्द गरेको सरकारले कोभिड बिमालाई पनि अलपत्र छाडिदिएको छ । सरकारको अनुमतिमा धमाधम बिमा गरेका कम्पनीले भुक्तानी ठप्प पारेका छन् ।
बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन् । तर, अहिलेसम्म जम्मा एक हजार चार सय ४१ जनाको मात्र दाबी भुक्तानी भएको छ ।
१७ लाख ७० हजार जनताको बिमा गर्दा कम्पनीहरूले एक अर्ब एक करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । कुल बिमितमध्ये शून्य दशमलव ७५ प्रतिशत अर्थात् कुल १३ हजार तीन सय ५३ संक्रमित भएको भन्दै दाबी परेको थियो ।
तर, बिमित संक्रमितमध्ये ११ प्रतिशत अर्थात् जम्मा १४ सय ४१ जनाको मात्र भुक्तानी भएको छ । संक्रमण पुष्टि भएको प्रमाणित कागजात प्रमाणित गर्ने भन्दै बिमा कम्पनीले भुक्तानी ठप्प पारेका छन् ।
संक्रमित जनतालाई बिमामार्फत अनुदान दिने प्रतिबद्धता गरे पनि सरकारले अनुदान नदिएकाले भुक्तानी गर्न नसकेको बिमा कम्पनीहरूको भनाइ छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
छाला चम्काउने यी घरेलु विधि अपनाउनुस् २० मिनेटमै पाउनुहुनेछ परिवर्तन
अनुहारको सुन्दरताका लागि मानिसले धेरै प्रयास गरिरहेका हुन्छन् । जन्मजात पाउने सुन्दरतालाई जोगाई राख्न र छालाको हेरचाह मार्फत थप सुन्दर...
गर्भवतीले कुन अवस्थामा प्रोटिन पाउडर लिने?
काठमाडौं - गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्भवती अवस्थामा सन्तुलित भोजन गर्न चिकित्सकको विशेषज्ञ सल्लाह रहन्छ। जसमध्ये प्रोटिन...
यस्ता छन् अटिजमका १८ लक्षण : बच्चा जन्मिएको तीन वर्षभित्र चिन्न सकिन्छ
-विश्वको १ देखि २ प्रतिशत जनसंख्यामा अटिजम भएका अनुसन्धानहरुबाट देखिएको छ। -विश्व स्वास्थ्य संगठनले अटिजमलाई ‘विश्व जनस्वास्थ्य संकट’ घोषणा गरेको...
यी गल्ती गर्दा तपाईलाई चाँडै लाग्छ बुँढ्यौली
काठमाडौं - पछिल्लो समय मानिसको दैनिकी फेरिएको छ । जसका कारण मानिसहरु व्यस्त बन्ने खानपानमा ध्यान नदिँने जस्ता समस्याका कारण...
लसुनको सेवनबाट कम गर्न सकिन्छ शरीरको तौल?
काठमाडौं – लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भिटामिन सी, बी६, फाइबर, म्यागनीज, क्याल्सियम आदि...