नेकपा विवादः प्रचण्ड र ओलीको टकरावले पार्टी एकता गम्भीर संकटमा – Janata Live
  • Sunday, April 11, 2021

नेकपा विवादः प्रचण्ड र ओलीको टकरावले पार्टी एकता गम्भीर संकटमा

  • जनता लाइभ
  • कार्तिक १७, २०७७

नेकपा विवादः प्रचण्ड र ओलीको टकरावले पार्टी एकता गम्भीर संकटमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या सिर्जना भएको हो ।

प्रचण्ड निकट स्रोतले भने प्रधानमन्त्री पद नमागिएको तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णयविपरीत कार्य गर्न थालेकाले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको दाबी गरेको छ । पछिल्लो भेटमा कार्यकारी अध्यक्ष प्रचण्ड आफैंले प्रधानमन्त्री ओलीसँग अब सँगै जान सक्ने अवस्था नरहेको बताएका थिए भने जवाफमा ओलीले पनि त्यसो भए बाटो ‘क्लियर’ गर्दा हुने बताएपछि दुई अध्यक्षबीचको मतभेद सतहमा आएको हो ।

दुवै अध्यक्ष सहमतिका लागि इच्छुक नदेखिएपछि नेकपा भयानक संकटको मोडमा पुगेको स्रोतको दाबी छ । यद्यपि अन्य नेताहरूले भने दुई अध्यक्षलाई मिलाउने कसरत थालेका छन् । ‘कार्यकारी अध्यक्ष आफैंले दुई जना अध्यक्ष सँगै हिँड्न नसक्ने बताएपछि समस्या आएको हो,’ प्रधानमन्त्री निकट स्रोतले राजधानीसँग भन्यो । तर, कार्यकारी अध्यक्ष प्रचण्ड निकट स्रोतले भने प्रचण्डले प्रधानमन्त्रीसँग त्यस्तो भनाइ नराखेको दाबी गरेको छ ।

दुई अध्यक्षको बढ्दो टकरावका कारण सरकार र पार्टीको अवस्था कमजोर बन्दै गइरहेको देखिएको छ । हालै सम्पन्न स्थायी कमिटीको निर्णय र सहमतिपश्चात् साम्य भएको विवाद फेरि बल्झेपछि पार्टी एकता नै संकटमा परेको हो ।

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नै पार्टीभित्र गम्भीर संकट उत्पन्न भएको खुलासा गरेका हुन् । महासचिव पौडेलले आइतबार ट्वीटरमार्फत नेकपाको एकीकृत र अविभाज्य अस्तित्वसामु गम्भीर संकट उत्पन्न भएकाले एकतालाई जोगाउन सबै नेता तथा कार्यकर्तासँग आह्वान गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

Loading...
Loading...
Loading...

‘लभ परिराख्या बेला अदालतले जबरजस्ती डिभोर्स दिँदा घर फर्कन पर्‍यो’

काठमाडौं, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको...

बहुमत खण्डित, सरकारमा संकट

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश...

कांग्रेसको प्रस्ताव : आफ्नै नेतृत्वमा सरकार

काठमाडौं, २८ चैत । कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको...

संसदमा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट...

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ...

ललिता निवास प्रकरण : गच्छदारको मुद्दा पेसीमा

काठमाडौं–ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षपछि विशेष अदालत म्याद तामेलीको बारेमा निर्णय गर्न पेसीमा चढाएको...