कोरोना भाइरसको संक्रमण थाहा पाउन डा. रविन्द्र पाण्डेको टिप्स – Janata Live
  • Sunday, April 11, 2021

कोरोना भाइरसको संक्रमण थाहा पाउन डा. रविन्द्र पाण्डेको टिप्स

  • जनता लाइभ
  • कार्तिक १६, २०७७

कोरोना भाइरसको संक्रमण थाहा पाउन डा. रविन्द्र पाण्डेको टिप्स

अहिले मौसम परिवर्तनको समय छ । मानिसहरुमा मौसमी रुघाखोकीले सताउन थालेको छ । विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने क्रम पनि बढेको छ ।

मानिसहरु त्रसित बनेपनि कोरोना भाइरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । डा. पाण्डेका अनुसार कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ ।

तर कोरोनाको संक्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।

कोरोना संक्रमणका लक्षण

पहिलो चरण

– ज्वरो आउने (१०२ – १०४ डिग्री फरेनहाइटसम्म),

– सुख्खा तथा लहरे खोकी लाग्ने,

– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने,

– घांटी बस्ने,

– थकाइ लाग्ने ।

दोस्रो चरण

– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने,

– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने,

– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगले च्यांप्दै जाने ।

तेस्रो चरण

– सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने,

– धेरै छाती दुख्ने,

– उठ्न निकै गाह्रो हुने,

– कुराहरु विर्षने, कन्फ्युज हुने,

– बेहोश हुने ।

Loading...
Loading...
Loading...

छाला चम्काउने यी घरेलु विधि अपनाउनुस् २० मिनेटमै पाउनुहुनेछ परिवर्तन

अनुहारको सुन्दरताका लागि मानिसले धेरै प्रयास गरिरहेका हुन्छन् । जन्मजात पाउने सुन्दरतालाई जोगाई राख्न र छालाको हेरचाह मार्फत थप सुन्दर...

गर्भवतीले कुन अवस्थामा प्रोटिन पाउडर लिने?

काठमाडौं - गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्भवती अवस्थामा सन्तुलित भोजन गर्न चिकित्सकको विशेषज्ञ सल्लाह रहन्छ। जसमध्ये प्रोटिन...

यस्ता छन् अटिजमका १८ लक्षण : बच्चा जन्मिएको तीन वर्षभित्र चिन्न सकिन्छ

-विश्वको १ देखि २ प्रतिशत जनसंख्यामा अटिजम भएका अनुसन्धानहरुबाट देखिएको छ। -विश्व स्वास्थ्य संगठनले अटिजमलाई ‘विश्व जनस्वास्थ्य संकट’ घोषणा गरेको...

यी गल्ती गर्दा तपाईलाई चाँडै लाग्छ बुँढ्यौली

काठमाडौं - पछिल्लो समय मानिसको दैनिकी फेरिएको छ । जसका कारण मानिसहरु व्यस्त बन्ने खानपानमा ध्यान नदिँने जस्ता समस्याका कारण...

लसुनको सेवनबाट कम गर्न सकिन्छ शरीरको तौल?

काठमाडौं – लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भिटामिन सी, बी६, फाइबर, म्यागनीज, क्याल्सियम आदि...