सुन्दर बन्न यसरी गर्नुहोस् अनुहारको स्याहार – Janata Live
  • Sunday, April 11, 2021

सुन्दर बन्न यसरी गर्नुहोस् अनुहारको स्याहार

  • जनता लाइभ
  • कार्तिक १६, २०७७

सुन्दर बन्न यसरी गर्नुहोस् अनुहारको स्याहार

अनुहार नियमित धुनुहोस् । मेकअप सफा गरेपछि अनुहार धुने बानी अनिवार्य बसाल्नुहोस् । बिहान या बेलुका व्यायामपछि पनि अनुहार धुनुहोस् । डन्डिफोर आएको छ भने निचोर्ने तथा फुटाउने नगर्नुहोस् । डन्डिफोर फुटाउँदा अनुहारमा पीडा हुनुका साथै अझै धेरै डन्डिफोर आउँछ । पटक–पटक अनुहार नछुनुहोस् । अनुहार धेरै छुँदा हातको फोहोर या तेल अनुहारमा लाग्छ ।

अनुहारका रौँका प्वालमा फोहोर जमेर संक्रमण हुन्छ । अनुहारमा नियमित टोनर प्रयोग गर्नुहोस् । तर, छालाअनुसार उपयुक्त टोनर आवश्यक पर्छ । टोनरले डन्डिफोर, दाग–धब्बाको समस्या कम गर्न तथा छाला सफा राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

अनुहारमा स्क्रब गर्नुहोस् । स्क्रबले डेड सेल हटाउँछ र छाला चमकदार बनाउँछ । हप्तामा एकपटक स्क्रब गर्नु उपयुक्त हुन्छ । स्क्रब गरेपछि फेसियल, ब्लिचिंग आवश्यक नपर्न सक्छ । तर, धेरै स्क्रब भने नगर्नुहोस् । प्राकृतिक तेल बढी खेर जाँदा छालालाई झन् बेफाइदा गर्छ । समय–समयमा स्किनको ट्रिटमेन्ट पनि गर्नुहोस् ।

छाला नराम्रो हुने, डन्डिफोर आउने मुख्य कारणमा तनाव पनि पर्छ । त्यसैले तनावमुक्त रहनुहोस् । तनावमुक्त हुन विभिन्न उपाय अपनाउन सकिन्छ । योग, ध्यान गर्ने तथा संगीत सुन्ने गर्दा पनि तनावमुक्त भइन्छ। छालालाई सूर्यको किरणबाट बचाउनुहोस् ।

घरबाहिर निस्किनुअघि एसपिएफ ३० भन्दा बढीको क्रिम प्रयोग गर्नुहोस् । आफूलाई उपयुक्त प्रोडक्ट मात्रै प्रयोग गर्नुहोस् । साइड इफेक्ट हुने प्रोडक्ट प्रयोग नगर्नुहोस् । स्किन प्रोफेसनलको परामर्शमा प्रोडक्टहरू प्रयोग गर्नु राम्रो हुन्छ ।

Loading...
Loading...
Loading...

छाला चम्काउने यी घरेलु विधि अपनाउनुस् २० मिनेटमै पाउनुहुनेछ परिवर्तन

अनुहारको सुन्दरताका लागि मानिसले धेरै प्रयास गरिरहेका हुन्छन् । जन्मजात पाउने सुन्दरतालाई जोगाई राख्न र छालाको हेरचाह मार्फत थप सुन्दर...

गर्भवतीले कुन अवस्थामा प्रोटिन पाउडर लिने?

काठमाडौं - गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्भवती अवस्थामा सन्तुलित भोजन गर्न चिकित्सकको विशेषज्ञ सल्लाह रहन्छ। जसमध्ये प्रोटिन...

यस्ता छन् अटिजमका १८ लक्षण : बच्चा जन्मिएको तीन वर्षभित्र चिन्न सकिन्छ

-विश्वको १ देखि २ प्रतिशत जनसंख्यामा अटिजम भएका अनुसन्धानहरुबाट देखिएको छ। -विश्व स्वास्थ्य संगठनले अटिजमलाई ‘विश्व जनस्वास्थ्य संकट’ घोषणा गरेको...

यी गल्ती गर्दा तपाईलाई चाँडै लाग्छ बुँढ्यौली

काठमाडौं - पछिल्लो समय मानिसको दैनिकी फेरिएको छ । जसका कारण मानिसहरु व्यस्त बन्ने खानपानमा ध्यान नदिँने जस्ता समस्याका कारण...

लसुनको सेवनबाट कम गर्न सकिन्छ शरीरको तौल?

काठमाडौं – लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भिटामिन सी, बी६, फाइबर, म्यागनीज, क्याल्सियम आदि...