चन्द्रमामा पानी छ : नासा

न्यूयोर्क, ११ कार्तिक । चन्द्रमामा पानीको अभाव छ भन्ने वाक्यांश पृथ्वीका लागि एक ‘हलमार्क’ जस्तै बनेको छ ।
तर, नासाका वैज्ञानिकहरुले सोमबार चन्द्रमामा यसअघि बताइएभन्दा कैयौं गुणा बढी पानी फैलिएको पाइएको बताएका छन् ।
नासाले चन्द्रमामा विभिन्न खनिज पदार्थहरुमा पानी रहेको र अधिकांश पानी बरफका रुपमा जमेर रहेको बताएको छ । ११ वर्षदेखिको खोजमा लागेका नासाका वैज्ञानिकहरुले चन्द्रमामा व्यापक रुपमा बरफ फैलिएको बताएका छन् ।
वैज्ञानिकहरुको अर्को टोलीले करिब ४० हजार वर्ग किलोमिटरको क्षेत्रफलमा बरफको टुक्राका रुपमा पानी फैलिएको बताएको छ । स्रोत : अलजजिरा