अफगानिस्तान : राजधानीमै शिक्षा संस्थानमा आत्मघाती विस्फोट, कम्तीमा १८ को मृत्यु – Janata Live
  • Sunday, April 11, 2021

अफगानिस्तान : राजधानीमै शिक्षा संस्थानमा आत्मघाती विस्फोट, कम्तीमा १८ को मृत्यु

  • जनता लाइभ
  • कार्तिक ०९, २०७७

अफगानिस्तान : राजधानीमै शिक्षा संस्थानमा आत्मघाती विस्फोट, कम्तीमा १८ को मृत्यु

एजेन्सी, ९ कार्तिक । अफगानिस्तान एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट गराइएको छ । सो क्रममा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।

बिबिसी हिन्दीका अनुसार उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि विभिन्न विषयको अध्यापन गराउने नीति शैक्षिक संस्थानमा बिस्फोट भएको हो । शनिबार अबेर अपराहन्न भएको सो बिस्फोटनमा परी दर्जनौँ मानिस घाइते र मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा विस्फोट भएको हो, जहाँ सयौँ विद्यार्थी पढ्ने गरेका थिए । आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको छ । तर सरकारी अधिकारीहरूले भने यसको पुष्टि गरेका छैनन् ।

त्यहाँको गृहमन्त्रालयका प्रवक्ता तारिक अरियनले एक विज्ञप्तिमा भने, ‘एक आत्मघाती बमवर्षकले भवनभित्र पस्न खोज्यो, जब सुरक्षाकर्मीहरूले उनलाई चिने, उनले ढोकामा नै विस्फोटन गराइदियो ।’

एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई बताएका छन् कि मारिएकाहरूमध्ये अधिकांश विद्यार्थीहरू थिए, जो बाहिरबाट भवनभित्र छिर्न प्रतीक्षा गरिरहेका थिए । उनले भने, ‘म त्यहाँबाट करिब सय मिटर टाढा उभिरहेको थिएँ, त्यहीबेला एउटा ठूलो विस्फोट भयो ।’

अफगानिस्तानमा पछिल्लो केही सातायता हिंसात्मक घटनाहरूमा वृद्धि भएको छ। धेरैजसो आक्रमण तालिवानले गरेका भए पनि यस घटनामा भने संलग्नता नरहेको उसले बताएको छ । सरकार र तालिबानबीच कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ, जसमा यी हिंसाको प्रभाव पर्न सक्छ ।

Loading...
Loading...
Loading...