पर्सा प्रहरीको छापा : साढे २२ केजी अवैध सुन र चाँदीका भाँडाकुँडा बरामद (अपडेट) – Janata Live
  • Monday, October 26, 2020

पर्सा प्रहरीको छापा : साढे २२ केजी अवैध सुन र चाँदीका भाँडाकुँडा बरामद (अपडेट)

  • जनता लाइभ
  • कार्तिक ०१, २०७७

पर्सा प्रहरीको छापा : साढे २२ केजी अवैध सुन र चाँदीका भाँडाकुँडा बरामद (अपडेट)

वीरगञ्ज, १ कार्तिक । प्रहरीले पर्साको वीरगञ्जस्थित श्रीगणेश अपार्टमेन्टबाट २२ किलो बढी सुन र २ किलोभन्दा बढी चाँदी बरामद गरेको छ ।

भन्सारका एजेन्ट समेत रहेका भारतीय नागरिक अशोक सिन्हा बस्ने गरेको अपार्टमेन्टको तेस्रो तलास्थित ३०३ नं फ्ल्याटबाट केही गहना र बाँकी कच्चा सुन बरामद गरिएको प्रहरीले जनाएको छ । भारतको चम्मपारण हरैयाका सिन्हा भने फरार छन् ।

एक किलो दरका १३ वटा, ५ टेल्स ९९९९ गोल्ड लेखिएका ४६ पिस गरी ८ किलो ७७६ ग्राम र एक सय ग्रामका १० पिस गरी एक किलो काँचो सुन बरामद भएको पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् । यस्तै सुनकै ६८१ ग्रामका गहना समेत उक्त कोठाबाट बरामद भएको छ ।

चाँदीका गरगहाना तथा थाललगायतका भाँडाकुँडा गरी २ केजी २६२ ग्राम बरामद भएको छ । प्रहरीले केही दिनअघि नै सूचना पाएको भए पनि भारतीय नागरिक नभएका कारण छापा मारेको थिएन । कुर्दा समेत भारतीय नागरिक नआएपछि शनिबार दिउँसो छापा मारेर उक्त सामान बरामद गरेको प्रहरीको भनाइ छ ।

Loading...
Loading...
Loading...

घर-डेरामै सीमित रहेर दशैँ मनाउन सभापति देउवाको आग्रह

काठमाडौँ, १० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र...

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं, ८ कार्तिक । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान...

‘ठूला माछा’ होलान् त ठहरै ?

काठमाडौं, ८ कार्तिक । पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको छ । तर, सम्पत्ति शुद्धिकरण अनुसन्धान...

‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

कैलाली, ८ कार्तिक । सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको...

बढ्दै हेडसरमा पीएचडी ‘क्रेज’

काठमाडौं, ७ कार्तिक । केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष...

प्रधानमन्त्रीले नै मिचे कूटनीतिक मर्यादा

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग...

काठमाडौँ उपत्यकामा १ हजार ५५२ संक्रमित थपिए

काठमाडौं, ६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ संक्रमित फेला परेका छन् ।...

दसैं भत्ता : बागमती प्रदेशमा कांग्रेसले विपन्न र दलितलाई बाँड्ने, प्रदेश–२ मा जसपाका सांसदहरू पार्टीलाई बुझाउँदै

काठमाडौं, ५ कार्तिक । कोभिड–१९ महामारीमा पनि जनप्रतिनिधिले दसैं भत्ता बुझेको बताउँदै चौतर्फी आलोचना भइरहँदा प्रदेश र स्थानीय तहमा पनि...