कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा – Janata Live
  • Monday, October 26, 2020

कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

  • जनता लाइभ
  • कार्तिक ०१, २०७७

कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

काठमाडौँ, १ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्दै मुम्बई इन्डियन शीर्ष स्थानमा उक्लिएको छ । ​

अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमै भेटेको हो ।

मध्यम लक्ष्यका लागि मुम्बईका क्विनटन डी ककले अविजित ७८ रनको शानदार इनिङ्स खेले । मुम्बईका लागि कप्तान रोहित शर्मा ३५, सूर्यकुमार यादबले १० रन बनाए भने हार्दिक पाण्डयले २१ रन जोडे ।

कोलकत्ताका भरुण चक्रवर्ती र शिवम नाभीले १र१ विकेट लिए । पहिलो ब्याटिङ गरेको कोलकत्ताको लागि पाट कुमिन्सले ५३ रनको अर्धतकीय इनिङ खेलेका थिए । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे । सुबमन गिलले २१ रन जोडे भने आन्द्रे रसेल १२ रनमा समेटिए ।

मुम्बईका लागि राहुल चाहर २, ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १/१ विकेट हात पारे । यो जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । आठ खेलमा मुम्बईले दुई हार र ६ जित निकालेको छ । दिल्ली र मुम्बईको १२ १२ अंक भए पनि रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा उक्लिएको छ ।

८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा छ। यो सिजनको पहिलो खेलमासमेत मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।

Loading...
Loading...
Loading...

आईपीएल : चेन्नईको तेस्रो जित

काठमाडौं, २८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्‍नइ सुपर किङ्सले तेस्रो जित निकालेको छ । यूएईमा...

राखेपमा सदस्यसचिवका लागि दौड तीव्र

काठमाडौं, ४ साउन । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवका लागि यतिबेला २७ जनाको नाम चर्चामा छ । खेलकुद...

रामोसको गोलमा रियल म्याड्रिडको जित, बार्सिलोना चार अंकको पछि

एजेन्सी । स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिडले बार्सिलोनालाई चार अंकले पछि पारेको छ । गएराति रियलको घरेलु मैदानमा...