भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा – Janata Live
  • Monday, October 26, 2020

भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा

  • जनता लाइभ
  • कार्तिक ०१, २०७७

भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा

काठमाडौं, १ कार्तिक । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको छ ।

भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३ औं स्थानमा पुगेको हो ।

सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ ।

एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ ।

यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् । सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महत्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्वव्यापी पहल र ऐक्यबद्धताका लागि आह्वान गरेको छ । राजधानी दैनिकबाट

Loading...
Loading...
Loading...

आज विजयादशमी, टीकाको उत्तम साइत १०ः१९ बजे

काठमाडौं, १० कार्तिक । आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका...

कोरोनाबाट साउदीमा थप एक नेपालीको मृत्यु, विदेशमा हालसम्म २८४ नेपालीको मृत्यु

काठमाडौं, ९ कार्तिक । कोरोना भाइरस संक्रमणबाट साउदी अरबमा यो साता थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली...

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ…

धनुषा, ९ कार्तिक । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत...

काठमाडौं उपत्यकामा थप २७ सय २० जनामा संक्रमण, कुल संक्रमितको संख्या ६७ हजार नजिक

काठमाडौं, ७ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २० संक्रमित फेला परेका छन् ।...

आज थपिएका ४,४९९ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, ७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा...

एकैदिन ३ हजार ६ सय ३७ संक्रमित थपिए, कुल संक्रमितको संख्या डेढ लाख नजिक पुग्यो

काठमाडौं, ६ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

काठमाडौं उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दो, थप २ हजार ३ सय ८८ संक्रमित थपिए

काठमाडौं, ३ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...