संक्रमितको संख्या फेरि उचाईमा, देशभर एकैदिन ४ हजार ३ सय ९२ संक्रमित थपिए – Janata Live
  • Monday, October 26, 2020

संक्रमितको संख्या फेरि उचाईमा, देशभर एकैदिन ४ हजार ३ सय ९२ संक्रमित थपिए

  • जनता लाइभ
  • असोज ३०, २०७७

संक्रमितको संख्या फेरि उचाईमा, देशभर एकैदिन ४ हजार ३ सय ९२ संक्रमित थपिए

काठमाडौं, ३० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार ५२२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

Loading...
Loading...
Loading...

आज विजयादशमी, टीकाको उत्तम साइत १०ः१९ बजे

काठमाडौं, १० कार्तिक । आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका...

कोरोनाबाट साउदीमा थप एक नेपालीको मृत्यु, विदेशमा हालसम्म २८४ नेपालीको मृत्यु

काठमाडौं, ९ कार्तिक । कोरोना भाइरस संक्रमणबाट साउदी अरबमा यो साता थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली...

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ…

धनुषा, ९ कार्तिक । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत...

आज महानवमी : तलेजु मन्दिर नखुल्ने

काठमाडौं, ९ कार्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज (आइतबार) हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी...

महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य: प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् ।दशैंको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले...

काठमाडौं उपत्यकामा थप २७ सय २० जनामा संक्रमण, कुल संक्रमितको संख्या ६७ हजार नजिक

काठमाडौं, ७ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २० संक्रमित फेला परेका छन् ।...

आज थपिएका ४,४९९ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, ७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा...