कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने नयाँ अनुसन्धानको खुलासा – Janata Live
  • Monday, October 26, 2020

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने नयाँ अनुसन्धानको खुलासा

  • जनता लाइभ
  • असोज ३०, २०७७

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने नयाँ अनुसन्धानको खुलासा

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको छ । यो दाबी बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेका छन् ।

अनुसन्धानकर्ताका अनुसार संक्रमणपछि स्टेरोयड औषधी दिएपछि यसको असर नकारात्मक हुनसक्छ । यो बहिरोपनको रुपमा पनि देख्ने गर्छ । यद्यपि, बिरामीको श्रवण शक्ति कसरी घट्छ, यो पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन । थुप्रै पटक फ्लू, हर्पिजजस्ता भाइरल संक्रमणको मामिलामा यस्तो हुनेगर्छ ।

कहिले, के र कसरी भयो, पाँच बुँदामा बुझ्नुहोस्ः

– बीएमजे जर्नलमा प्रकाशित रिपोर्ट अनुसार जुन संक्रतिमा बहिरोपनको मामिला भेटियो ती दमका रोगी थिए र कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

– अस्पताल भर्ना भएको १० दिनपछि उनलाई आइसीयूमा राखिएको थियो, त्यहाँ उनी ३० दिनसम्म भर्ना भए ।

– बिस्तारै बिरामीको स्वास्थ्यमा जोखिम बढ्दै गयो । त्यसपछि उनलाई एन्टीभाइरल औषधी रेमडेसिविर स्टेरोइस दिइयो र रगत चढाइयो । यो उपचारपछि बिरामीले केही राहत पाए ।

– केही दिनपछि बिरामीले दाहिने कानमा घण्टी बजेको जस्तो आवाज सुन्न थाले र अचानक यो कानले सुन्न छोडे । एकहप्ता पछि उनलाई आइसीयूमा ट्रान्सफर गरियो ।

– बिरामीको उपचार गर्ने डाक्टरले यसअघि कुनै पनि बिरामीको सुन्ने क्षमतामा असर नपरेको बताएका छन् । शारीरिक रुपमा ती बिरामी तन्दरुस्त छन् ।

कान न त सुन्निएको छ न कुनै अवरोध छः

अनुसन्धानकर्ताका अनुसार बिरामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अवरोध थियो न नै कान सुन्निएको थियो । यो घटनापछि बिरामीको थुप्रै परीक्षण गरियो । यसमा फ्लू, रुमेटोयड अर्थराइटिस, एचआईभीको परीक्षण समावेश थियो । अनुसन्धानमा पाइए अनुसार बिरामीको बहिरोपनको कारण कोरोनाको संक्रमण थियो ।

सुन्ने क्षमता घट्नु र टिनिटसको लक्षण पनि सर्तक पार्ने खालको

अनुसन्धानकर्ताका अनुसार सुन्ने क्षमता घट्नु र टिनिटस (कानमा आवाज गुञ्जिनु) को लक्षण पनि कोरोना र फ्लूका बिरामीमा देख्न सकिन्छ । तर यस्तो मामिला पहिले देखिएको थिएन ।

वैज्ञानिकका अनुसार कोरोनाले कानमो मध्ये भागलाई पनि प्रभावित पार्न सक्छ । यो भाइरसले शरीरमा यस्तो रसायन बढाउने गर्छ जुन सुन्ने क्षमतासँग जोडिएको हुन्छ । अनुसन्धानकर्ताले डाक्टरलाई आइसीयूमा कोरोनाका बिरामीसँग कुरा गर्दा उनीहरुको श्रवण शक्तिबारे पपिन कुरा गर्न सुझाएका छन् । यस्तो हुँदा उनीहरुलाई तत्काल उपचार प्रदान गर्न पनि आग्रह गरेका छन् ।

स्रोतः बीबीसी

Loading...
Loading...
Loading...

पुरुषलाई दिक्क पार्ने महिलाका ७ बानी

जीवन सहजरुपमा यापन गर्नका लागि एक अर्काको बानी बार‍े जानकारी हुन आवश्यक हुन्छ । महिला र पुरुषले एक अर्काको बानी...

काठमाडौंमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

काठमाडौं, ७ कार्तिक । कोरोना भाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा...

भाण्टा खाँदा हुन्छन् यी १३ फाइदा

भान्टा सबैको भान्सामा पाक्ने तरकारी हो । यो खानामा निकै स्वादीलो हुृन्छ । तर कतिपयलाई भने यो मन पर्दैन ।...

भान्सामा सजिलै पाइने यी ५ चीज, जसले सहजै हटाउँछ मोटोपन

अव्यवस्थित जीवनशैली, खानपानमा हेलचक्रयाइ, व्यायाम र योग लगायत शारीरिक श्रमका कमीका कारण पछिल्लो समय मानिसहरु मोटाउँदै गएका छन् । यसको...

गुर्जो मात्र होइन, यी ५ खानेकुराले बढाउँछ कोरोनासँग लड्न इम्युनिटी पावर

खानपानमा ध्यान नदिँदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने...

यस्तो स्वभाव भएका चार पुरुषको प्रेमसम्बन्ध कहिल्यै टुट्दैन

ब्रेकअपको सिलसिला आजकल धेरै सामान्य भइसकेको छ । तपाईकै साथी सर्कलमा धेरै त्यस्ता व्यक्ति होलान्, जसको एक वा एकभन्दा बढीसँग...

एन्टिजेनका आधारमा कोरोना परीक्षण

काठमाडौँ, २८ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेनमा आधारित कोरोना भाइरस कोभिड–१९ परीक्षण सञ्चालनमा ल्याउन लागेको छ । यसले...

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

काठमाडौं, २७ असोज । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त...