खाद्य कम्पनीको ४८७ क्विन्टल चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति – Janata Live
  • Monday, October 26, 2020

खाद्य कम्पनीको ४८७ क्विन्टल चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति

  • जनता लाइभ
  • असोज ३०, २०७७

खाद्य कम्पनीको ४८७ क्विन्टल चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति

काठमाडौं, ३० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ ।

हुम्ला, जुम्ला, बाजुरालगायतका विकट जिल्लाका नागरिकले भोकभोकै बस्नु परिरहेको बेला अख्तियारले थापाथली गोदाममै ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहाउने कम्पनीका कर्मचारीलाई उन्मुक्ति दिन लागेको हो ।

कम्पनीका कर्मचारीको चरम लापरवाहीका कारण गोदाममै ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको थियो । ३ मंसिर २०७६ मा चामल कुहिएको समाचार राजधानीले प्रकाशित गरेपछि अख्तियारले छानबिन सुरु गरेको थियो ।

तर, पछिल्ला दिनमा भने अख्तियार स्वयं नै आरोपित कर्मचारीलाई उन्मुक्ति दिन क्रियाशील भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार १० महिना लामो अनुसन्धानपछि चामल कुहाउने कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायरको तयारी भइरहेको बेला अख्तियार आफै पछि हटेको छ ।

स्रोतका अनुसार अख्तियारले लाखौंको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामलको गुणस्तर परीक्षण गरी खानयोग्य नभएको प्रमाणित गरिसकेको चामललाई पुनः खाद्य कम्पनीलाई केही प्यारामिटर परिक्षण गरी ल्याउन भनेको छ ।

सो गोदामको चामल खान योग्न नभएको भन्दै १ पुस २०७६ मै ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कसमेत भइसकेको छ । सो चामल नष्ट गर्नुबाहेक विल्कप नरहेको अवस्थामा अख्तियारले कम्पनीका कर्मचारीलाई कारबाही हुनबाट बचाउन विभिन्न खेल खेलिरहेको स्रोतको भनाइ छ । राजधानी दैनिकबाट

Loading...
Loading...
Loading...

घर-डेरामै सीमित रहेर दशैँ मनाउन सभापति देउवाको आग्रह

काठमाडौँ, १० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र...

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं, ८ कार्तिक । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान...

‘ठूला माछा’ होलान् त ठहरै ?

काठमाडौं, ८ कार्तिक । पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको छ । तर, सम्पत्ति शुद्धिकरण अनुसन्धान...

‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

कैलाली, ८ कार्तिक । सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको...

बढ्दै हेडसरमा पीएचडी ‘क्रेज’

काठमाडौं, ७ कार्तिक । केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष...

प्रधानमन्त्रीले नै मिचे कूटनीतिक मर्यादा

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग...

काठमाडौँ उपत्यकामा १ हजार ५५२ संक्रमित थपिए

काठमाडौं, ६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ संक्रमित फेला परेका छन् ।...

दसैं भत्ता : बागमती प्रदेशमा कांग्रेसले विपन्न र दलितलाई बाँड्ने, प्रदेश–२ मा जसपाका सांसदहरू पार्टीलाई बुझाउँदै

काठमाडौं, ५ कार्तिक । कोभिड–१९ महामारीमा पनि जनप्रतिनिधिले दसैं भत्ता बुझेको बताउँदै चौतर्फी आलोचना भइरहँदा प्रदेश र स्थानीय तहमा पनि...