एन्टिजेनका आधारमा कोरोना परीक्षण – Janata Live
  • Monday, October 26, 2020

एन्टिजेनका आधारमा कोरोना परीक्षण

  • जनता लाइभ
  • असोज २८, २०७७

एन्टिजेनका आधारमा कोरोना परीक्षण

काठमाडौँ, २८ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेनमा आधारित कोरोना भाइरस कोभिड–१९ परीक्षण सञ्चालनमा ल्याउन लागेको छ । यसले कोरोनाको परीक्षण तत्कालै गराउन सहयोग पुुग्नेछ ।

‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ मा चौथो संशोधन गर्दैै यो विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । यसको अधिकतम मूल्य हाल एक हजार रुपियाँ तोकिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले एन्टिजेनको किट तथा रिएजेन्ट स्वास्थ्य सेवा विभागबाट स्वीकृति प्राप्त हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको प्रयोगशालाले मात्रै यो परीक्षण गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।

प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोके बमोजिमको ‘बायोसेफ्टी क्याबिनेट’ तथा अन्य सुरक्षा विधि पालना गर्नुपर्ने बताउनुभयो ।

परीक्षणमा पोजेटिभ आएमा परीक्षण गर्ने प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र व्यक्ति स्वयंलाई जानकारी गराउनुपर्नेछ भने रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई मात्रै जानकारी गर्नुपर्नेछ । एन्टिजेनको नतिजा केही मिनेटमै आउने गर्छ । यो समाचार आजको गोरापत्र दैनिकमा छ ।

Loading...
Loading...
Loading...

पुरुषलाई दिक्क पार्ने महिलाका ७ बानी

जीवन सहजरुपमा यापन गर्नका लागि एक अर्काको बानी बार‍े जानकारी हुन आवश्यक हुन्छ । महिला र पुरुषले एक अर्काको बानी...

काठमाडौंमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

काठमाडौं, ७ कार्तिक । कोरोना भाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा...

भाण्टा खाँदा हुन्छन् यी १३ फाइदा

भान्टा सबैको भान्सामा पाक्ने तरकारी हो । यो खानामा निकै स्वादीलो हुृन्छ । तर कतिपयलाई भने यो मन पर्दैन ।...

भान्सामा सजिलै पाइने यी ५ चीज, जसले सहजै हटाउँछ मोटोपन

अव्यवस्थित जीवनशैली, खानपानमा हेलचक्रयाइ, व्यायाम र योग लगायत शारीरिक श्रमका कमीका कारण पछिल्लो समय मानिसहरु मोटाउँदै गएका छन् । यसको...

गुर्जो मात्र होइन, यी ५ खानेकुराले बढाउँछ कोरोनासँग लड्न इम्युनिटी पावर

खानपानमा ध्यान नदिँदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने...

यस्तो स्वभाव भएका चार पुरुषको प्रेमसम्बन्ध कहिल्यै टुट्दैन

ब्रेकअपको सिलसिला आजकल धेरै सामान्य भइसकेको छ । तपाईकै साथी सर्कलमा धेरै त्यस्ता व्यक्ति होलान्, जसको एक वा एकभन्दा बढीसँग...

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने नयाँ अनुसन्धानको खुलासा

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ...

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

काठमाडौं, २७ असोज । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त...