आईपीएल : चेन्नईको तेस्रो जित – Janata Live
  • Monday, October 26, 2020

आईपीएल : चेन्नईको तेस्रो जित

  • जनता लाइभ
  • असोज २८, २०७७

आईपीएल : चेन्नईको तेस्रो जित

काठमाडौं, २८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्‍नइ सुपर किङ्सले तेस्रो जित निकालेको छ ।

यूएईमा जारी १३ औं संस्करणको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित हासिल गरेको हो।

जितको लागि १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमात्र बनायो। हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो। ड्वेन ब्राभोले अन्तिम ओभरमा १ विकेटका साथ १ रनमात्र दिँदै महत्वपूर्ण दुई अंक पक्का गराए। हैदराबादका मध्यक्रमका ब्याट्सम्यान केन विलियम्सनले ३९ बलमा ७ चौकासहित सर्वाधिक ५७ रन जोडे पनि जितको लागि पर्याप्त रहेन।

राशिद खान ८ बलमा १ चौका र १ छक्कासहित १४ रनमा क्याच आउट भएसँगै हैदराबादको झिनो आशा पनि सकिएको थियो।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। चेन्नईले अन्तिम पाँच ओभरमा ५१ रन जोड्दा ४ विकेट गुमाएको थियो। आठौं खेलमा यो चेन्नईको तेस्रो जित हो।

Loading...
Loading...
Loading...

कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

काठमाडौँ, १ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्दै मुम्बई...

राखेपमा सदस्यसचिवका लागि दौड तीव्र

काठमाडौं, ४ साउन । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवका लागि यतिबेला २७ जनाको नाम चर्चामा छ । खेलकुद...

रामोसको गोलमा रियल म्याड्रिडको जित, बार्सिलोना चार अंकको पछि

एजेन्सी । स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिडले बार्सिलोनालाई चार अंकले पछि पारेको छ । गएराति रियलको घरेलु मैदानमा...