स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस – Janata Live
  • Monday, October 26, 2020

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

  • जनता लाइभ
  • असोज २७, २०७७

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

काठमाडौं, २७ असोज । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो ।

अस्पतालमा बिरामीहरू पुग्दा सजिलै उपचार पाउँदैनन् । यस्तै, बिरामीले अस्पतालमा आईसीयू र भेन्टिलेटर खोज्दा सहजै नपाएको गुनासो गर्दै आएका छन् । कतिपय लक्षणसहितका संक्रमित घरमा बस्न विवश छन् ।

कीर्तिपुर मैत्रीनगरका ४८ वर्षीय एक पुरुषमा लक्षणसहितको संक्रमण देखियो । उनका आफन्तले आईसियूका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । तर, आईसीयू बेड खालि नभएको अस्पतालबाट जानकारी पाए । उनका आफन्तले भने, ‘के गर्नु धेरै अस्पतालमा फोन गरें, बेड छैन भन्ने जबाफ पाएँ । सोर्सफोर्स भएकाले मात्रै पाउँछन् होला । अन्त्यमा वयोधा अस्पतालमा लगें ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर २ हजार ६ सय आईसीयू बेड र ९ सय वटा भेन्टिलेटर रहेका छन् । जब कि सक्रिय संक्रमित नै ३३ हजार ८ सय ८० पुगेका छन् । तीमध्ये अधिकांशमा लक्षण देखिएको छ ।

नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर दर्तावाल चिकित्सकको संख्या २६ हजार ३ सय ४६ रहेको छ । पर्याप्त चिकित्सक ग्रामीण क्षेत्रमा नपुग्दा पनि बिरामीहरू घरमै रोग पालेर बस्न विवश छन् । राजधानी दैनिकबाट

Loading...
Loading...
Loading...

पुरुषलाई दिक्क पार्ने महिलाका ७ बानी

जीवन सहजरुपमा यापन गर्नका लागि एक अर्काको बानी बार‍े जानकारी हुन आवश्यक हुन्छ । महिला र पुरुषले एक अर्काको बानी...

काठमाडौंमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

काठमाडौं, ७ कार्तिक । कोरोना भाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा...

भाण्टा खाँदा हुन्छन् यी १३ फाइदा

भान्टा सबैको भान्सामा पाक्ने तरकारी हो । यो खानामा निकै स्वादीलो हुृन्छ । तर कतिपयलाई भने यो मन पर्दैन ।...

भान्सामा सजिलै पाइने यी ५ चीज, जसले सहजै हटाउँछ मोटोपन

अव्यवस्थित जीवनशैली, खानपानमा हेलचक्रयाइ, व्यायाम र योग लगायत शारीरिक श्रमका कमीका कारण पछिल्लो समय मानिसहरु मोटाउँदै गएका छन् । यसको...

गुर्जो मात्र होइन, यी ५ खानेकुराले बढाउँछ कोरोनासँग लड्न इम्युनिटी पावर

खानपानमा ध्यान नदिँदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने...

यस्तो स्वभाव भएका चार पुरुषको प्रेमसम्बन्ध कहिल्यै टुट्दैन

ब्रेकअपको सिलसिला आजकल धेरै सामान्य भइसकेको छ । तपाईकै साथी सर्कलमा धेरै त्यस्ता व्यक्ति होलान्, जसको एक वा एकभन्दा बढीसँग...

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने नयाँ अनुसन्धानको खुलासा

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ...

एन्टिजेनका आधारमा कोरोना परीक्षण

काठमाडौँ, २८ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेनमा आधारित कोरोना भाइरस कोभिड–१९ परीक्षण सञ्चालनमा ल्याउन लागेको छ । यसले...