नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य – Janata Live
  • Monday, October 26, 2020

नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य

  • जनता लाइभ
  • असोज २५, २०७७

नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य

काठमाडौं । कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ। गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो।

भदौ मसान्तसम्म राजस्वसहितको आम्दानी १ खर्ब १६ अर्ब र खर्च ७० अर्ब भएकाले सरकार ४६ अर्ब रुपैयाँ नगद बचतमा थियो। तर, असोजका २३ दिनमै थप ९५ अर्ब रुपैयाँ खर्च भए पछि सरकारको नगद पुरै रित्तिएको हो।

असोज २३ मा आइपुग्दा राजस्वसहितको कुल आम्दानी एक खर्ब ६५ अर्ब ७२ करोड भएको छ भने खर्च एक खर्व ६५ अर्ब ८३ करोड हुन पुगेको छ।

आर्थिक वर्षका १२ महिनामध्ये सबैभन्दा बढी चालु खर्च हुने असोजमा हो। निजामती, शिक्षक, सुरक्षाकर्मीलगायतका सबै कर्मचारी र पेन्सन पाउने पूर्व कर्मचारीलाई असोजमा दुई महिना बराबरको तलब सुविधा दिनुपर्छ।

यस्तै सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता पनि यही महिनामा वितरण गरिन्छ। गत वर्षकोे पुँजीगत खर्चको बाँकी भुक्तानी सकेसम्म यही बेला दिने गरी तालिका बनाइन्छ।

एकै महिनामा धेरै किसिमका खर्च व्यहोर्नु पर्ने तर, त्यही अनुसार राजस्व संकलन नहुने भए पछि सरकारलाई नगद व्यवस्थापनमा दवाव परेको हो। असोज १५ पछि चालु खर्च मात्र दैनिक औषतमा ५ अर्ब भन्दा बढी भइरहेको छ। राजस्व भने औषतमा दुई अर्ब मात्र छ। यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् ।

Loading...
Loading...
Loading...

कति पुग्यो सुनको मूल्य ? हेर्नुहोस् आजको कारोबार

काठमाडौं । आज पनि सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार...

कति पुग्यो सुनको मूल्य ? हेर्नुहोस् आजको कारोबार

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीकोको स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार...

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ, २७ असोज । मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार...

राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट नसाट्ने

काठमाडौं । राष्ट्र बैंकले यसबर्ष दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ।कोरोना भाइरस महामारीका कारण उक्त सेवा सुचारु नहुने...

बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । शुक्रबार ९४ हजार ८००...

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

काठमाडौं । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१०...

नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए...

बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, २३ असोज । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलाको...