३० अक्टोवरमा लगनगाँठो कस्दै साउथकी चर्चित अभिनेत्री काजल अग्रवाल – Janata Live
  • Monday, October 26, 2020

३० अक्टोवरमा लगनगाँठो कस्दै साउथकी चर्चित अभिनेत्री काजल अग्रवाल

  • जनता लाइभ
  • असोज २२, २०७७

३० अक्टोवरमा लगनगाँठो कस्दै साउथकी चर्चित अभिनेत्री काजल अग्रवाल

काठमाडौं । साउथ फिल्मकी चर्चित एवं सुन्दर अभिनेत्री काजल अग्रवालले आफ्नो विहेको अनाउन्समेन्ट गरेकी छन् । अभिनेत्री काजलले मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् गौतम किचलुसँग ३० अक्टोवरमा विहे गर्दै गरेको जानकारी गराएकी हुन् ।

कोरोना महामारीका कारण परिवार तथा आफन्तहरुको उपस्थितिमा मुम्बईमा उनले विहे गर्न लागेकी हुन् । विहेपछि पनि आफूले आफ्नो दर्शकहरुलाई मनोरञ्जन दिइरहने बताएकी छन् । उनले आफ्नो दर्शकहरुलाई पनि निरन्तर साथ र सहयोगका लागि धन्यबाद दिएकी छन् ।

अभिनेत्री काजल साउथ फिल्म उद्योगकी सुपरस्टार हुन् । हिन्दी फिल्ममा पनि उनले आफ्नो अभिनयले सबैको मन जितिसकेकी छन् । अभिनेत्री काजल पछिल्लो १६ वर्षदेखि फिल्म उद्योगमा सक्रिय छन् ।

उनले फिल्म ‘क्यों हो गए ना’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनी लगातार साउथ फिल्ममा व्यस्त बनिन् । उनले अजय देवगनको फिल्म सिंघममा पनि काम गरेकी थिइन्, जहाँ दर्शकहरुले उनको अभियनको खुब तारिफ गरेका थिए ।

त्यस्तै, उनले स्पेशल २६, दो लोफ्जों की कहानीलगायत बलिउड फिल्ममा काम गरिसकेकी छन् । उनको अपकमिङ फिल्ममा तेलुगु र तमिलको साथमा बलिउड फिल्म मुम्बई सागा पनि सामेल छन् ।

त्यसोत, गौतम किचलु एक इन्टरप्रेनर हुन् । उनी डिस्सर्न लिभिङ डिलजाइन शपका फाउन्डर तथा एक इनटेरियर डिजाइनर हुन् ।

Loading...
Loading...
Loading...

दीपाश्री रुँदै राजेश हमालका फ्यानसँग फेरि मागिन् माफी

काठमाडौं, ७ भदौं । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनका अवसरमा आज (आइतबार) रुँदै फेरि राजेश हमालका फ्यानसँग माफी...

‘दीपालाई क्षमा दिनुहोला’

काठमाडौं, २ साउन । नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हाँस्य कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक...

दीपाश्रीलाई क्षमा दिन आग्रह गर्दै मध्यरातमा फेसबुक लाइभ आए राजेश हमाल

काठमाडौँ । कलाकार तथा निर्देशक दीपा श्री निरौला यतिबेला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा तानिएकी छिन्...

सुशान्तकी म्यानेजरलाई गर्भवती बनाएर आत्मह’त्या गर्न बा’ध्य पारेको आ’रोपमाथि सुरजले भने, ‘दिशालाई कहिल्यै भे’टेकै छैन’

एजेन्सी । केही वर्षअघि नायिका जिया खानको मृ'त्युपछि वि'वादमा घेरिएका सुरज पंचोली एकपटक पुनः वि'वादित बनेका छन् । सुशान्त र...

नायक सुरज पंचोलीमाथि सुशान्त सिंहको ह’त्या गरेको आरोप: पिता आदित्यले भने, ‘यो के पागलपन हो ?’

सुशान्त सिंह राजपूत आत्मह'त्या मामिलामा थुप्रै थ्योरी सोसल मिडियामा भा'इरल भइरहेको छ । तिनैमध्ये एकमा आदित्य पंचोलीका छोरा सुरजमाथि सुशान्तको...

बलिउड चर्चित कोरियोग्राफर सरोज खानको निधन

एजेन्सी । भारतकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार८ अबेर राती कार्डियक अरेस्टका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका...

संसारकै सुन्दर नर्स : अस्पतालमा हुन्छ उपचार गर्न आउनेको घुँइचो (फोटो फिचर)

एजेन्सी– ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी...