कोरोनाबारे भ्रम छरेको भन्दै फेसबुक र ट्वीटरले हटाइ दियो ट्रम्पको पोस्ट – Janata Live
  • Monday, October 26, 2020

कोरोनाबारे भ्रम छरेको भन्दै फेसबुक र ट्वीटरले हटाइ दियो ट्रम्पको पोस्ट

  • जनता लाइभ
  • असोज २१, २०७७

कोरोनाबारे भ्रम छरेको भन्दै फेसबुक र ट्वीटरले हटाइ दियो ट्रम्पको पोस्ट

काठमाडौं, २१ असोज । फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड-१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् ।

कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो । उनी अहिले ह्वाइट हाउसमा फर्किसकेका छन् ।

ट्रम्पले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘फ्लू सिजनको साथमा बाँच्न सिक्नुहोस् । हुन त हामी कोभिडसँग बाँच्न सिकिरहेका छौं, धेरैजसो जनसंख्यामा यो निकै कम घातक छ ।’ ट्रम्पले ट्वीटरमा पनि यो सन्देश राखेका थिए । यसलाई ट्वीटरले लुकाई दिएको छ ।

उनको यो ट्वीटमा एउटा चेतावनी लेखिएको देखिएको छ जसमा यो भ्रामक र सम्भावित रुपमा हानिकार जानकारीयुक्त सन्देश बताइएको छ । प्रयोगकर्ताले चेतावनी पढेर क्लिक गरेपछि मात्रै उनको ट्वीट देख्न सक्ने छन् ।

यस्तै, फेसबुकका नीति सञ्चार प्रबन्धक एन्डी स्टोनले भने, ‘हामी कोभिड-१९ को गम्भीरताबारे गलत जानकारी हटाइदिन्छौं र हामीले यो पोस्ट पनि हटाइदिएका छौं । र हामीले यो पोस्ट पनि हटाइदिएका छौं ।’

हालसम्म कोभिड-१९ को सटिक मृत्युदर कति हो थाहा छैन तर जोन होपकिन्स युनिभर्सिटीका अनुसार यो धेरैजसो फ्लूको स्ट्रेनभन्दा १० गुणा पा त्योभन्दा बढी हुनसक्छ । फेसबुकले यसअघि पनि राष्ट्रपतिको पोस्ट हटाएको छ । यस्तै ट्वीटरले थुप्रै पटक उनको पोस्टलाई डिलिट गर्ने वा चेतावनी दिने जस्ता कारवाही गरिसकेको छ । स्रोत : बीबीसी

Loading...
Loading...
Loading...

अफगानिस्तान : राजधानीमै शिक्षा संस्थानमा आत्मघाती विस्फोट, कम्तीमा १८ को मृत्यु

एजेन्सी, ९ कार्तिक । अफगानिस्तान एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट गराइएको छ । सो क्रममा कम्तीमा १८ जनाको मृत्यु...

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल...

‘विश्वकै सबैभन्दा ठूलो’ मध्येको गुलाबी हिरा नोभेम्बर ११ मा रूसबाट विक्री गरिने

मस्को, २७ असोज । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर...

प्रयोग भइसकेका कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ !

एजेन्सी । भियतनाममा प्रयोग भइसकेको कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ परेकी छन् । उनलाई भियतनाम प्रहरीले...

चीनमा अब ब्याक्टेरियाका कारण हज्जारौं बिरामी

एकातिर संसार कोरोनाभाइरसको कहरसँग जुधिरहेको छ जुन चीनको ऊहानबाट संसारभरी फैलिएको थियो अब अर्कोतर्फ चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू...

दिल्लीमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

काठमाडौँ, २५ भदौ । भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई...

१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी

एजेन्सी । फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरनले...

कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लगाएको जापानी अनुसन्धानकर्ताको दाबी

काठमाडौं, ११ भदौं । जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् । ओजोन ग्याँसको मद्दतबाट...