प्रयोग भइसकेका कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ ! – Janata Live
  • Wednesday, October 28, 2020

प्रयोग भइसकेका कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ !

  • जनता लाइभ
  • असोज ११, २०७७

प्रयोग भइसकेका कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ !

एजेन्सी । भियतनाममा प्रयोग भइसकेको कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ परेकी छन् । उनलाई भियतनाम प्रहरीले गैरकानुनी रुपमा प्रयोग भइसकेको कण्डम पुन: बिक्री गरको आरोपमा पक्राउ गरेको हो ।

ठूलो परिमाणमा गैरकानुनी रूपमा बिक्रीका लागि राखिएको कण्डम बरामद गरिएको प्रहरीलाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ । जुन कण्डम पहिले नै प्रयोग भइसकेका छन् । स्थानीय समाचार माध्यमहरुले प्रयोग भइसकेका कण्डम पुन: बेच्नका लागि ३ लाख २० हजारको संख्यामा राखिएको बताएका छन् ।

जो ती समाचारहरुका भिडियोमा समेत देख्न सकिन्छ । पक्राउ परेकी महिला सो कण्डम बिक्री पसलका मालिक रहेकी छन् । उनले एक गोदाममा त्यस्ता प्रकारका कण्डम भण्डारन गरेर बिभिन्न पसलमा बेच्ने गरेको प्रहरीले पाएको सूचनाको आधारमा छापा मार्दा फेला परेको हो । जुन स्थान भियतनामको दक्षिणी बन द्युङ्ग प्रान्तमा पर्दछ ।

पुन: प्रयोग गर्ने अवस्थामा यसरी ल्याइन्थ्यो

पक्राउ परेकी महिलाले प्रहरी समक्ष दिएको बयानअनुसार कम्पनीले पहिला नै प्रयोग भएको कण्डम जम्मा गरेर पखालिन्थ्यो । र, तातोपानीमा उमालिन्न्थ्यो । त्यसपछि लिङ्ग आकारको काठको ठूटामा हालेर सेलाइन्थ्यो । त्यसपछि पुन नयाँ प्याकेटमा राखिन्थ्यो ।

उनले अज्ञात व्यक्तिहरुबाट प्रयोग भइसकेको कण्डम लिने गरेको बताइएको छ । उनले यस्ता खालका कण्डम कति परिमाणमा बेचिन् भन्ने बारेमा प्रष्ट जानकारी आइनसकेको प्रहरीको भनाइ छ । यद्यपि उनले केजीको ०.१७ अमेरिकी डलरमा बेच्ने गरेको भने खुलेको छ । तस्बीर : रोयटर्स

Loading...
Loading...
Loading...

चन्द्रमामा पानी छ : नासा

न्यूयोर्क, ११ कार्तिक । चन्द्रमामा पानीको अभाव छ भन्ने वाक्यांश पृथ्वीका लागि एक ‘हलमार्क’ जस्तै बनेको छ । तर, नासाका...

अफगानिस्तान : राजधानीमै शिक्षा संस्थानमा आत्मघाती विस्फोट, कम्तीमा १८ को मृत्यु

एजेन्सी, ९ कार्तिक । अफगानिस्तान एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट गराइएको छ । सो क्रममा कम्तीमा १८ जनाको मृत्यु...

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल...

‘विश्वकै सबैभन्दा ठूलो’ मध्येको गुलाबी हिरा नोभेम्बर ११ मा रूसबाट विक्री गरिने

मस्को, २७ असोज । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर...

कोरोनाबारे भ्रम छरेको भन्दै फेसबुक र ट्वीटरले हटाइ दियो ट्रम्पको पोस्ट

काठमाडौं, २१ असोज । फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड-१९ फ्लूभन्दा कम घातक...

चीनमा अब ब्याक्टेरियाका कारण हज्जारौं बिरामी

एकातिर संसार कोरोनाभाइरसको कहरसँग जुधिरहेको छ जुन चीनको ऊहानबाट संसारभरी फैलिएको थियो अब अर्कोतर्फ चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू...

दिल्लीमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

काठमाडौँ, २५ भदौ । भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई...

१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी

एजेन्सी । फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरनले...