पूर्व जर्नेलकी छोरीले चिठी लेखेर संसार छाडेपछि… – Janata Live
  • Saturday, August 8, 2020

पूर्व जर्नेलकी छोरीले चिठी लेखेर संसार छाडेपछि…

  • जनता लाइभ
  • साउन १७, २०७७

पूर्व जर्नेलकी छोरीले चिठी लेखेर संसार छाडेपछि…

काठमाडौं– पूर्व दुईतारे जर्नेल डा. पूर्ण सिलवालको घरलाई अहिले एउटा असह्य बेदनाले घेरेको छ ।

घर सुनसान थियो । बाथरुम गइरहने र भित्रै लामो समय टोलाउने उनको पुरानै आदत । तर, सोमबार दिउँसो १२ बजे जब बाथरुम छिरिन्, तब कहिल्यै यो धर्तिलाई जिउँदो आँखाले नियाल्न नसक्ने गरी बिदा भइन् । छेउमा अंग्रेजीमा लेखिएको एउटा चिर्कटो छाडिन् ।

लेखिएको थियो, ‘नोबडी इज टु बि ब्लेम्बड…’ अर्थात्, ‘यो घटनाप्रति कोही आरोपित छैनन् (स्वेच्छाले) ।’

जर्नेल डा. पूर्णकी २७ वर्षिया कान्छी छोरी नयोनिकाले यसप्रकार सोमबार धर्ति छाडिन् । सेन्ट मेरिजकी प्रोडक्ट र भारतमा स्नातकोत्तरको अध्ययन सिध्याएर स्वदेश फर्किएकी उनी कुनै काम वा पेशामा आवद्ध हुने रुची राख्दिन थिइन् । परिवारका सदस्यहरूले कुनै जागिर वा समय बिताउने माध्यमका रूपमा केही न केही काममा लगाउने प्रयास गरेको धेरै भयो ।

तर, उनी ‘ह्याऽऽऽ’ भन्दै पन्छिन्थिन् । घरायसी मामिला होस् वा अन्य कुनै विषय होस्, न आफ्नो कुरा शेयर गर्थिन्, न अर्काका कुरामा प्रतिक्रिया जनाउँथिन् । यस्तोखाले अन्तरमुखी स्वभावबाट मुक्त गराउन आमा जयन्तीले धेरै प्रयास गरिन् । तर, सकिनन् । बाहिरफेर आफू निस्कँदा सकेसम्म छोरीलाई लैजाने आमाको चाहना हुन्थ्यो ।

दुई वर्षअघि दिदीको विवाह भयो । यो वर्ष उनै बहिनीको पालो थियो । मंसिरतिर विवाह गर्ने सोचमा परिवार थियो । तर, नयोनिका न घरबाट निस्कन मान्ने, न विवाहका कुरै सुन्न चाहने १ अन्ततः अस्ती १२ गते दिउँसो घाँटीमा सलको पासो बेरेर प्राण त्यागिन् ।

बुबा डा. पूर्ण दुई वर्षअघि नेपाली सेनाको जर्नेल (सम्भाररथी) बाट अनिवार्य अवकास पाएर घर फर्किएका हुन् । तर, लामो समय सुरक्षा निकायमा सेवा गरेका कारण उनले अवकासपछि अध्ययन र अध्यापनका कामलाई अगाडि बढाए । यसकारण दिनको समय घरमा कमै बस्छन् ।

उनले विवाह गरेकी जयन्ती प्रधानसेनापति पूर्णचन्द्र थापाकी बहिनी हुन्, अर्थात् डा. पूर्ण प्रधानसेनापतिका बहिनी ज्वाइँ र आत्महत्या गर्ने नयोनिका भाञ्जी हुन् । पूर्णलाई सरकारले राष्ट्रिय सुरक्षा नीति निर्माणसम्बन्धी कार्यदलमा राखेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

Loading...
Loading...
Loading...

आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको...

भारत र चीनका नागरिक भन्दा नेपाली धेरै खुसी

काठमाडौं, १७ साउन । -नेपालमा हजारमा २८ बालबालिकाको मृत्यु पाँच वर्ष नपुग्दै हुन्छ । -सयमा २४ बालबालिका तौल नपुगेर लिखुरे...

निर्मला हत्या प्रकरणः कसको थियो त्यो सर्टको टुक्रा ?

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो...

फुल्पिङकट्टी पहिरो : बेपत्ता पाँचै जनाको शव फेला

सिन्धुपाल्चोक, १४ साउन । सिन्धुपाल्चोकको भोेटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । साउन १...

सन्तानको पहिचानका लागि एक दलित महिलाले गरेको न्यायिक संघर्ष

गुल्मी, १३ साउन । गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक पिपलनेटाकी ३२ वर्षीया पार्वता पन्थी नेपाली (न्यायका लागि लडिरहेको भन्दै उनले नाम...

रञ्जनको मुद्दामा आज सुनुवाइ हुने, के हुन्छ अबको प्रक्रिया ?

काठमाडौं, ११ साउन । सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतको फैसलाउपर परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने...

राजधानीमै युवतीमाथि एसिड आक्रमण, सिसी क्यामरामा देखिएका युवकको खोजी जारी

काठमाडौं, ९ साउन । राजधानी काठमाडौंमा बिहीबार सम्झाँझै एक युवतीमाथि एसिड प्रहार भएको छ । होटेल हायातको क्यासिनोमा काम गर्ने ओलखढुंगा...

अर्कै युवक मन पराएको भन्दै युवतीमाथि एसिड प्रहार, एसिड हान्नुअघि ३७ पटक मिसकल

काठमाडौं, ९ साउन । ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याई दिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर...