करोडौं पर्ने सरकारी जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा – Janata Live
  • Saturday, August 8, 2020

करोडौं पर्ने सरकारी जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा

  • जनता लाइभ
  • साउन १७, २०७७

करोडौं पर्ने सरकारी जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा

काठमाडौं – कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका छन्।

कुँवर बल्खुस्थित ललितपुर ढुंगा रोडा कम्पनी प्रालिका सञ्चालक हुन्। उनले चक्रपथबाहिर वाग्मती र बल्खु खोलाको बीचमा रहेको जग्गा कहिले भाडा त कहिले खरिद गर्ने बहानामा कब्जा गरेको देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले उक्त जग्गामा कृषि तथा तरकारी बजारका रूपमा तरकारी, फलफूल, किराना पसललगायत सञ्चालन गर्न विभिन्न व्यक्तिलाई भाडामा दिई रकम उठाउँदै आइरहेको देखाएको छ। २५ वटा सटर, ५५ स्टल बनाई बल्खु कृषि तथा तरकारी बजारलाई भाडा दिई कुँवरले मासिक ५ लाखभन्दा बढी रकम हात पार्दै आएका छन्।

कृषि सामग्रीले २०३९ फागुन १२ मा काठमाडौं–१४ बल्खुस्थित कित्ता नम्बर ३६३, ३६६ र ४८२ को क्रमश : १ रोपनी १० आना २ पैसा ३ दाम, ७ आना २ पैसा, १३ आना ३ पैसा १ दाम जग्गा ४ लाख ९५ हजारमा केशवबहादुर राजभण्डारीसँग खरिद गरेको उल्लेख छ। ‘कम्पनी सञ्चालक समितिले न्यूनतम भाडा रकम प्रतिवर्गफिट १० रुपैयाँ प्रतिमहिना लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन भएको देखिएको छैन’, प्रतिवेदनमा लेखिएको छ।

कम्पनीको २०७५ साउन २० को बैठकले प्रबन्धक हरिप्रसाद गजुरेलको संयोजकत्वमा गठित समितिले २/२ वर्षमा १०/१० प्रतिशत दरले बढाउने सर्तमा २०६३ देखिको भाडा असुलउपर गर्ने निर्णय गरेको थियो। त्यो निर्णय कार्यान्वयन हुन सकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

Loading...
Loading...
Loading...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि ड्राइभर

खोटाङ, २१ साउन । अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ । चारपांग्रे सवारीसाधनका लागि...

उडानका लागि विमानस्थल तयार

काठमाडौँ, २१ साउन । कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा...

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर...

काठमाडौं उपत्यकामा थपिए ५१ जना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ६८५ पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न...

पछिल्लो २४ घन्टामा थप ३१५ जना कोरोना संक्रमित

काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा...

सुनको ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन, यसरी खुल्यो अपराधको ‘नालीबेली’

काठमाडौं, १७ साउन । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको...