काठमाडौं उपत्यकामा पुनः ३८ संक्रमित थपिए, सभा सम्मलेन नगर्न स्वास्थ्य मन्त्रालयको चेतावनी – Janata Live
  • Saturday, August 8, 2020

काठमाडौं उपत्यकामा पुनः ३८ संक्रमित थपिए, सभा सम्मलेन नगर्न स्वास्थ्य मन्त्रालयको चेतावनी

  • जनता लाइभ
  • साउन १६, २०७७

काठमाडौं उपत्यकामा पुनः ३८ संक्रमित थपिए, सभा सम्मलेन नगर्न स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

आज (शुक्रबार) काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संक्रमितको ठेगाना सरकारले खुलाएको छैन । नेपालमा आज थपिएका २२४ जना संक्रमितमध्ये ३८ जना काठमाडौं उपत्यकाका भएको मन्त्रालयले जानकारी दिएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ जना पुगेको छ । शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ ।

Loading...
Loading...
Loading...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि ड्राइभर

खोटाङ, २१ साउन । अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ । चारपांग्रे सवारीसाधनका लागि...

उडानका लागि विमानस्थल तयार

काठमाडौँ, २१ साउन । कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा...

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर...

आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको...

काठमाडौं उपत्यकामा थपिए ५१ जना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ६८५ पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न...

पछिल्लो २४ घन्टामा थप ३१५ जना कोरोना संक्रमित

काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा...