निर्मला हत्या प्रकरणः कसको थियो त्यो सर्टको टुक्रा ? – Janata Live
  • Monday, August 10, 2020

निर्मला हत्या प्रकरणः कसको थियो त्यो सर्टको टुक्रा ?

  • जनता लाइभ
  • साउन १६, २०७७

निर्मला हत्या प्रकरणः कसको थियो त्यो सर्टको टुक्रा ?

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर परीक्षणको रिपोर्ट दुई वर्ष बित्दा पनि आएको छैन। उक्त सर्टको टुक्रा दिलीपसिंह विष्टको हो कि होइन भनेर परीक्षण अनिवार्य बनेको छ।

सर्टको टुक्राको परीक्षण भारतको सुविधासम्पन्न फरेन्सिक ल्याबमा पठाउनुपर्ने राय गृह मन्त्रालयले परराष्ट्रलाई दिएको थियो। परराष्ट्रले भारतको दिल्लीस्थित नेपाली दूतावासमा समन्वय गरेकोसम्म देखिन्छ। तर, नमुना परीक्षण भने अझै भइनसकेको प्रहरी मुख्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले निर्मला हत्या अनुसन्धानले थप पूर्णता पाउने दाबी गरे। उनले भने, ‘अनुसन्धान गर्ने प्रहरी कर्मचारीमाथि नै अदालतमा मुद्दा चलेको थियो। उनीहरूले सफाइ पाएका छन्। अब ती अनुसन्धान अधिकृतकै सहयोगमा थप अनुसन्धानअघि बढ्नेछ।’ घटना अनुसन्धनका लागि अहिले पनि सीआइबीको टोली कञ्चनपुरमै छ। घटना स्थलमा भेटिएको सर्टको टुक्राको परीक्षण प्रक्रियामै रहेको उनले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

Loading...
Loading...
Loading...

आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको...

पूर्व जर्नेलकी छोरीले चिठी लेखेर संसार छाडेपछि…

काठमाडौं– पूर्व दुईतारे जर्नेल डा. पूर्ण सिलवालको घरलाई अहिले एउटा असह्य बेदनाले घेरेको छ । घर सुनसान थियो । बाथरुम...

भारत र चीनका नागरिक भन्दा नेपाली धेरै खुसी

काठमाडौं, १७ साउन । -नेपालमा हजारमा २८ बालबालिकाको मृत्यु पाँच वर्ष नपुग्दै हुन्छ । -सयमा २४ बालबालिका तौल नपुगेर लिखुरे...

फुल्पिङकट्टी पहिरो : बेपत्ता पाँचै जनाको शव फेला

सिन्धुपाल्चोक, १४ साउन । सिन्धुपाल्चोकको भोेटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । साउन १...

सन्तानको पहिचानका लागि एक दलित महिलाले गरेको न्यायिक संघर्ष

गुल्मी, १३ साउन । गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक पिपलनेटाकी ३२ वर्षीया पार्वता पन्थी नेपाली (न्यायका लागि लडिरहेको भन्दै उनले नाम...

रञ्जनको मुद्दामा आज सुनुवाइ हुने, के हुन्छ अबको प्रक्रिया ?

काठमाडौं, ११ साउन । सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतको फैसलाउपर परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने...

राजधानीमै युवतीमाथि एसिड आक्रमण, सिसी क्यामरामा देखिएका युवकको खोजी जारी

काठमाडौं, ९ साउन । राजधानी काठमाडौंमा बिहीबार सम्झाँझै एक युवतीमाथि एसिड प्रहार भएको छ । होटेल हायातको क्यासिनोमा काम गर्ने ओलखढुंगा...

अर्कै युवक मन पराएको भन्दै युवतीमाथि एसिड प्रहार, एसिड हान्नुअघि ३७ पटक मिसकल

काठमाडौं, ९ साउन । ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याई दिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर...