‘नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँदा त्यसमा चीनलाई तान्ने प्रयास हुन्छ’ – Janata Live
  • Monday, August 10, 2020

‘नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँदा त्यसमा चीनलाई तान्ने प्रयास हुन्छ’

  • जनता लाइभ
  • साउन १६, २०७७

‘नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँदा त्यसमा चीनलाई तान्ने प्रयास हुन्छ’

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढेको आरोप लागिरहँदा उनले मुलुकबीच विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनु भनेको एउटा सामान्य कूटनीतिक कार्य भएको र सामान्य भेटघाट एवं फोन संवादलाई पनि आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिने नहुने जिकिर गरेकी हुन् ।

नयाँ पत्रिकाका लागि नरेश ज्ञवालीसँगको अन्तरवार्तामा उनले भनेकी छन्, ‘नेपालको छिमेकी मित्रका रूपमा हामी नेपालले स्थायित्व र एकता कायम राखेको हेर्न चाहन्छौँ । जुन राष्ट्रिय विकासको पूर्वसर्त हो । नेपाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सरेको छ र आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्न कटिबद्ध छ । हामी नेपालको प्रयासको सम्मान र समर्थन गर्छौँ ।’

उनले कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय भएको पनि स्पष्ट पारिन् । ‘हामीलाई आशा छ, दुई मुलुकले आफ्ना असहमति मित्रवत् छलफलमार्फत ठीकसँग सुल्झाउनेछन् । र, परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै पनि एकपक्षीय कारबाहीबाट जोगिनेछन् भन्नेमा हाम्रो विश्वास छ,’ उनको भनाइ छ ।

उनले नेपाल र भारतबीचको विवादमा चीनलाई अनावश्यक ढंगले मुछ्ने प्रयास भइरहेको पनि जिकिर गरिन् । ‘मैले के नोटिस गरेकी छु भने जब–जब नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँछ, त्यसमा चीनलाई तान्न केही शक्तिले प्रयास गरिरहेका हुन्छन् । उनीहरू हुँदै नभएका विषय रचना गरेर अफवाह फैलाउन थाल्छन् । यसले हामीलाई एकदमै अलमल पार्ने गरेको छ । यी हर्कतले चीन–नेपाल मित्रताको समग्र स्थितिलाई खलल पुर्याउनेछैन भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।

नेपाल र चीनबीच हस्ताक्षर भएदेखि नेपाल आधिकारिक रूपले नै बिआरआईको एउटा महत्वपूर्ण सहभागी बनिसकेको स्पष्ट पारिन् । त्यस्तै, एमसिसीको कुरा त्यो नितान्त नेपाल र अमेरिकाबीचको विषय भएको बताउँदै उनले म बिआरआईलाई एमसिसीसँग तुलना गर्न नचाहेको बताइन् । ‘क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपालले आफ्नो राष्ट्रिय हितका आधारअनुरूपको छनोट गर्नेमा हामीलाई विश्वास छ,’ उनको भनाइ छ ।

Loading...
Loading...
Loading...

भारतले भन्यो– गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको विषयमा शंका छैन

काठमाडौं, २६ साउन । आफ्ना विदेशमन्त्री एस। जयशंकरले गौतम बुद्धलाई महान् भारतीय भन्दै दिएको अभिव्यक्ति भारतले सच्याएको छ । भारतीय विदेश...

राहतमा कुहेको चामल, २ हजार १८४ परिवारलाई बाँडेको चामल गुणस्तरहीन

भोजपुर, २५ साउन । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको...

पछिल्लो २४ घण्टामा ३ सय ७८ संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो

काठमाडौं, २४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि ड्राइभर

खोटाङ, २१ साउन । अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ । चारपांग्रे सवारीसाधनका लागि...

उडानका लागि विमानस्थल तयार

काठमाडौँ, २१ साउन । कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा...

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर...

आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको...